१३ बैशाख २०८१, बिहीबार
Follow Us

अदालतका नासु घुस लिँदालिँदै पक्राउ

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७४, सोमबार १२:०१

बनेपा । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु एक लाख २५ हजार घुस लिँदालिँदै आज धुलिखेलबाट पक्राउ परेका छन् । अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । उहाँले कुन मुद्दा मिलाउने भन्दै सो रकम घुस लिएको खुल्न सकेको छैन ।