७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘नेपाल पाँच हजार वर्ष पुरानो हिन्दू राष्ट्र’

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७४, सोमबार १८:०६

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न जनमत संग्रहको माग गर्दै आज विरोध प्रदर्शन गरेको छ ।

रत्नपार्कबाट शुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न स्थान परिक्रमा गरी वसन्तपुर पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष कमल थापाले नेपालमा परापूर्वकालदेखि नै वैदिक परम्परा र हिन्दू सभ्यताका आधारमा सामाजको व्यवस्थापन भएको बताउँदै बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्मनिरपेक्षता कायम गर्न नहुने बताउनुभयो ।

नेपाल करिब पाँच हजार वर्ष पुरानो हिन्दू राष्ट्रका रुपमा स्थापित भएको अभिलेख तथा शिलालेख पाइएको जिकिर गर्दै थापाले राष्ट्रिय एकताका लागि आलंकारिक राजसंस्थाको खाँचो औँल्यउनुभयो । उहाँले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि हिन्दू राष्ट्र र राजसंस्थाको विषय जनमत संग्रहबाट टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो ।