१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चुनाव जित्न एनआरएन नेताहरु रातारात कांग्रेसमा प्रवेश

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७४, सोमबार १८:४८

काठमाडौं । गैरआवासीय नेपाली संघको महाधिवेशन नजिकै गर्दा केही एनआरएन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । १६ अक्टोवरमा हुने निर्वाचनमा भोटमा प्रभाव पार्ने उदेश्यले एनआरएनए अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा र एनआरएनए हङकङका सल्लाहकार त्रिलोक गुरुङ काँग्रेस प्रवेश गरेका हुन् । लामा उपाध्यक्षको लागि उम्मेदवार हुन भने गुरुङ महासचिवको उम्मेदवार हुन् ।

संघको विश्वसम्मेलनमा विश्वभरबाट आएका प्रतिनिधीमा जनसम्पर्क समितिको बाहुल्यता देखे पछि लामा र गुरुङ कांग्रेस भित्रिएका हुन् । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेद्धारा प्रस्तुत ‘भिजन २०२० एण्ड वियोण्ड’ प्रस्ताव पास भएका उनीहरुको एनआरएन सदस्यता स्वत: खारेज हुनेछ ।

अध्यक्ष घलेद्धारा प्रस्तुत प्रस्तावमा एनआरएन सदस्यले राजनैतिक दलको सदस्यता लिएमा एनआरएन सदस्यता स्वतः खारेज हुने व्यवस्था गरिएको छ ।

लामा र गुरुङ लगायतलाई काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले टीका माला लगाएर स्वागत गरे । लामा र गुरुङलाई कांग्रेस भित्राउने प्रपन्च संघका संरक्षक दिल गुरुङ ले गरेका हुन् ।