११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगानीको मेडिसिटी अस्पतालद्धारा सेवा शुरु

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७४, बिहीबार ०२:००

काठमाडौं – अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल सञ्चालनमा आएको छ। डा।उपेन्द्र महतोले लगानी गरेको सो अस्पताल गैरआवासीय नेपाली दिवस अवसर पारेर बुधबार उद्घाटन गरिएको हो।

गैरआवासीय नेपाली संघ अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने एवं उपाध्यक्षहरु कुमार पन्त र भवन भट्टले संयुक्त रुपमा पानसमा बत्ती बालेर अस्पतालको उद्घाटन गरेका हुन्। नक्खु, ललितपुरमा स्थापना गरिएको सो अस्पताल निजी क्षेत्रको सबैभन्दा सुविधाससम्पन्न भएको दाबी गरिएको छ।
नेपालीलाई उपचारका लागि विदेश जानु नपर्नेगरी आफूले अस्पताल स्थापना गरेको डा।महतोले बताए। ‘यो अस्पताल विश्वभरिका बिरामीको उपचारका लागि उत्कृष्ट गन्तव्य हुनेछ’, उनले भने, ‘मेडिकल टुरिजमको अवधारणाअनुसार यसलाई उपचारको उत्कृष्ट गन्तव्यको रुपमा विश्वभरि पहिचान गराउने हाम्रो अभियान हो।’

अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०, अन्तर्राष्ट्रियस्तरको जोइन्ड कमिसन इन्टरनेशनल, एनएबीएच, एनएबीएल लगायतका मापदण्डहरु पूरा गरिएको कार्यक्रममा जानकारी दिइयो।

७५० बेडको मेडिसिटीमा न्युरो साइन्सेज, कार्डियाक, ग्यास्ट्रो, रिनल, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजी सेन्टर अफ एक्सलेन्सका फरक विभाग स्थापना गरी सेवा सुरु गरिएको जानकारी दिइयो।
22308558_2127479280611014_6968370299480827971_n

22308584_2127479257277683_5074164005838696332_n

22308950_2127479057277703_8214269641279231063_n

22310399_2127479323944343_1102839250622516850_n

22365563_2127478197277789_7656802557847008295_n

22405952_2127478460611096_3575217834397688351_n