१३ बैशाख २०८१, बिहीबार
Follow Us

अध्यक्ष थापा मकवानपुरबाट सर्वसम्मत उम्मेदवार

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७४, शुक्रबार ०७:१२

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिनुभएको छ । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले राससलाई जानकारी दिनुभएको छ ।