७ बैशाख २०८१, शुक्रबार
Follow Us

संसदको आज अन्तिम बैठक

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७४, शुक्रबार ०७:४०

काठमाडौं । संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको अन्तिम बैठक बोलाइएको छ । संविधानको संक्रमणकालिन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै संसद कायम रहने प्रावधान रहेको छ ।
राष्ट्रियसभा निर्वाचन सम्बन्धि विधेयक, प्रदेश प्रमुखको सेवा सुविधा सम्बन्धि र चिकित्सा शिक्षा विधेयक पारित हुने वा नहुनेमा अन्योल देखिएको छ । अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि हुँदैछ । निर्वाचन आयोगले आइतबारसम्म समानुपातिकतर्फको उम्मेद्वारी दर्ता गर्ने म्याद दिएको छ । सूची बुझाउने अन्तिम म्यादको अघिल्लो दिन शनिवार परेकोले शुक्रबार नै अन्तिम बैठक बोलाइएको सभामुखको निजि सचिवालयले जनाएको छ ।
संविधानको भावना अनुरुप बन्नु पर्ने आवश्यक कानूनका लागि दर्ता भएका ८० भन्दा बढी विधेयक रुपान्तरिक संसदले पारित गरेको संसद सचिवालयले जानकारी दिएको छ । संविधान जारी भएपछि संसद्ले ३ वर्षभित्र करिब १ सय ५० वटा कानून बनाउनुपर्ने छ । यही संसदले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको मुलुकी संहिता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गरेको छ ।