२९ बैशाख २०८१, शनिबार
Follow Us

अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७४, शुक्रबार १२:२७

काठमाडौ । काभ्रे जिल्लाबाट अध्ययन, रोजगारीलगायत पेशा व्यवसायका लागि विभिन्न देशमा पुगेका नेपालीको आज यहाँ अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन गरेका छन् ।
गैरआवासीय नेपाली संघ(एनआरएन) जापानका कपिलदेव थापा संयोजक र एनआरएन स्पेनका दीपक खरेल सहसंयोजक रहेको १९ सदस्यीय समाज गठन गरिएको हो ।
समाजका सदस्यमा दिनेश उप्रेती, नन्द ढुंगाना, इन्दिरा त्रिपाठी, दिल लामा, अशोक उप्रेती, कष्णचन्द्र सेढाइ, शम्भु गौतम, कमल वाइवालगायत रहेका छन् ।
उद्योग राज्यमन्त्री रेशम लामाको उपस्थितिमा आज यहाँ समाजको स्थापना गरिएको हो ।
सो अवसरमा राज्यमन्त्री लामाले विश्वभर रहेका काभ्रेली गृह जिल्लाको विकासका लागि संगठित हुनु खुशीको कुरा भएको बताउनुभयो ।