७ बैशाख २०८१, शुक्रबार
Follow Us

उपाध्यक्षका तीन पदमा अाठ अाकांक्षी, युरोपको मत निर्णायक

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७४, शुक्रबार २०:०६

चिरन शर्मा ।

काठमाडौं – शनिवारदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा महाधिवेशनमा भाग लिन अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन्। एनआरएनको नयाँ नेतृत्व चयनका लागि सोमवार मतदान हुँदैछ। विभिन्न देशबाट आएका प्रतिनिधिले आ–आफ्नो चुनावी रणनीति तय गर्न काठमाडौंका विभिन्न होटलमा अड्डा जमाएका छन्। भावी नेतृत्व लिन सक्ने भएकाले महत्वपूर्ण मानिने उपाध्यक्षको २ (खुल्ला) पदमा अहिलेसम्म ६ जना आकांक्षी देखिएका छन्।

एक महिला उपाध्यक्ष पदका लागि २ जनाले दावी छ। गैरआवासीय नेपाली संघको अध्यक्ष पदको लागि तयारी गरेका उपाध्यक्ष कुमार पन्तले अन्तिम समयमा अाएर सहमतिका लागि उपाध्यक्षमै निरन्तरता दिने निष्कर्षमा पुगेका थिए भावी अध्यक्षको रुपमा हेरिएका उनले लोकप्रिय मत पाउने विश्वास धेरैको छ।

यस्तै अर्का उपाध्यक्षका दाबेदार यूरोप संयोजक कुल आचार्यले पछिल्लो समयमा आफ्नो उम्मेदवारीलाई नाटकीय रुपमा बलियो बनाउँदै गएका छन्। गैरआवासी नेपाली संघ यूकेको साधारण सदस्यदेखि यूरोप संयोजकसम्मको जिम्मेवारी सम्हालेका आचार्यको यूरोप क्षेत्र पक्कड मानिन्छ।
कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एनआरएनलाई एक ढिक्का बनाइ अघि बढ्नु जिम्मेवार ठहर्ने भएकाले उपाध्यक्ष पदमै निरन्तरता दिने निर्णय गरेको पन्तले बताए। यूरोप क्षेत्र संयोजक हुनुभन्दा अघि उनले अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य एवं एनआरएन जर्मनीमा रहेर काम गरेका थिए। अध्यक्ष शेष घले पहिलो कार्यकालका लागि निर्वाचित हुँदा पन्त महासचिव भए । घले २०१५–२०१७ को दोश्रो कार्यकालमा पन्त उपाध्यक्षमा निर्वाचित भएका थिए।

यूरोप क्षेत्र संयोजक हुनुभन्दा अघि उनले अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य एवं एनआरएन जर्मनीमा रहेर काम गरेका थिए। शेष घले पहिलो कार्यकालका लागि निर्वाचित हुँदा पन्त गैरआवासीय नेपाली संघका महासचिव भए। घले २०१५–२०१७ को दोश्रो कार्यकालमा पन्त उपाध्यक्षमा निर्वाचित भएका थिए।

अर्का उपाध्यक्षका दाबेदार यूरोप संयोजक कुल आचार्यले पछिल्लो समयमा आफ्नो उम्मेदवारीलाई नाटकीय रुपमा बलियो बनाउँदै गएका छन्। गैरआवासी नेपाली संघ यूकेको साधारण सदस्यदेखि यूरोप संयोजकसम्मको जिम्मेवारी सम्हालेका आचार्यको यूरोप क्षेत्र पक्कड मानिन्छ।

गैरआवासीय नेपाली अभियानमा १२ वर्षदेखिसँगै रहेका आचार्यले संसारभरि फैलिएका नेपालीसँग रहेको क्षमता, सीप र पूँजी नेपालमा लगानी गर्ने वातावरण बनाउनेलगायतका प्रतिबद्धता जनाएका छन्। आचार्य र पन्त दुवैले अध्यक्षका प्रत्यासी भवन भट्ट समूह निकट छन् । यस्तै गैरआवासीय नेपाली संघको अमेरिका क्षेत्रीय संयोजक सोनाम लामासमेत बलिया दावेदार हुन्। अमेरिका बेस व्यवसायी लामाका लागि गैरआवासीय नेपाली संघ अमेरिकाको प्रतिनिधिलाई एकताबद्ध बनाएर आफ्नो पक्षमा उभ्याउनु चुनौतिपूर्ण रहेको छ। लामाले भिजन २०२० एण्ड वियोण्ड, लाप्राक र एनआरएन भवनलाई प्रमुख मुद्दा बनाएका छन् । यस्तै एक महिला उपाध्यक्षको लागि वर्तमान प्रवक्ता रन्जु थापा र महिला संयोजक सपिला राजभण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ।

थापा अध्यक्ष घले समूह निकटका रुपमा चिन्छिन्। उनी गैरआवासीय नेपाली संघको गत विश्व सम्मेलनमा महासचिव पदमा पराजित भएकी थिइन्। पछि अध्यक्ष घलेले प्रवक्ताको रुपमा मनोनित गरेपछि संघभित्र विवादित बनेकी थिइन्। राजभण्डारीले व्यक्तिगत अन्तर्राष्ट्रिय मानव तस्कर जालझेलले एवं अज्ञानले विदेशिएका नेपालीको हकहितको लागि काम गर्ने प्रतिबद्धता जानाएकी छन्। १४ वर्षदेखि संघमा आबद्ध राजभण्डारीले आफ्नो लामो अनुभवलाई परोपकारी काममा अझ बढी सशक्त ढंगले प्रस्तुत हुन चाहेको बताएकी छन्।

उपाध्यक्ष पदमा चिरन्जीवी थापा (जापान), नरेन्द्र भाट (कतार) र खगेन्द्र जिसी (अमेरिका) ले समेत उम्मेदवारी दिने घोषणा गरेका छन्। थापा संघको छौटौ महाधिवेशनमा कोषाध्यक्षमा पराजित भएका थिए। भाट र जिशी यसअघि उपाध्यक्षमै पराजित भएका थिए। यो अधिवेशनमा गैरआवासीय नेपालीहरु मुख्यतः जातिगत र राजनीतिक रुपमा विभाजित देखिएको विश्लेषण गरिएको छ। त्यसको प्रभाव निर्वाचन पर्ने देखिन्छ। व्यक्तित्व र पहिचान पनि मत अाकर्षित गर्ने मुख्य कडी हुने देखिन्छ।