७ बैशाख २०८१, शुक्रबार
Follow Us

सामाजिक सञ्जालमा घले दम्पतिको आलोचना

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७४, शुक्रबार २०:१२

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबारे यतिबेला सामाजिक सञ्जालमा चर्चा छ। अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ र वर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा भिड्ने भएपछि यस पटकको निर्वाचन अझ रोचक बन्ने देखिन्छ।

एनआरएन निर्वाचनबारे समाजशास्त्री सुरेश ढकालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनबारे जोडेर टिप्पणी गरेका छन्। उनले ट्विट गर्दै भएके छन्, ‘ ए नारन को चुनाबले आसन्न प्रदेस सभा र प्रतिनिधि सभाको चुनाबलाई प्रभावित गर्छ भनेर नि.आ.ले ए नारनहरुको चुनाव रोक्न निर्देशन त जारी गरेको छैन।’

बसन्त रानाभाटले ट्विट गर्दै शेष घले पत्नी जमुना गुरुङ र भवन भट्टबीचको निर्वाचन प्रतिस्पर्धात्मक हुने उल्लेख गरेका छन्। उनको ट्विट यस्तो छ, ‘शेष घले पत्नी जमुना गुरुङले एनआरएनए अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा,भवन भट्ट भर्सेस जमुना गुरुङ। कडा प्रतिस्पर्धा।’

बासु श्रेष्ठले ट्विट गर्दै एनआएरएन निर्वाचनमा जमुना गुरुङले हतार गरेको टिप्पणी गरेका छन्। उनको ट्विट यस्तो छ, ‘कारण जे भएपनि घले परिवार पावर हङ्री भएको छनक दिने यो उम्मेदवारीमा जमुनाको हतार नै देख्छु। सुस्तरी सास फेर्ने कि?’

पत्रकार रामचन्द्र भट्टले सामाजिक सञ्चाल फेसवुकमा एनआरएन निर्वाचनबारे लामो स्टाटस लेख्दै टिप्पणी गरेक छन्। ‘आफूले चार वर्ष खाएर छाड्नै लाग्दा पत्नीलाई अध्यक्ष । पत्नी पछि छोराछोरी । यसैलाई शायद भनिने रहेछ ‘एनआरएनको Vision-2020’ उनले लेखेका छन्, ‘ दुई वर्षमा एक पटक मातृभूमि पुगेर ठूल्ठूला सपना बाँडेर फर्कन्छौ । काम भने सिन्को भाँच्दैनौ । उपेन्द्र महतो, जीवा लामिछानेले गरिदिएको लगानी र सामाजीक कामलाई अहिलेसम्म भँजाएर कतिन्जेल व्याज खाइरहन्छौ हो साथीहरु ? आफ्नो होटल, व्यवसाय बनाउँदा लाग्ने कर समेत छुट/मिनाहा गर्न दवाव दिने काममात्र हो एनआरएनको ? ‘

यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत उनीहरुको स्वागत कार्यक्रम राखेको ट्विटरमा उल्लेख गरेका छन्। उनले ट्विट गरेकाछन् ‘विस्वभरका एन आर एन (NRN) सम्मेलनमा भाग लिन आउनुभएका साथीहरूको लागि स्वागत कार्यक्रममा आज।’

पत्रकार सुजित महतले यस पटकको निर्वाचन सर्वाधिक रोचक हुने भन्दै ट्विट गरेका छन्। जमुना गुरुङ अध्यक्षमा लड्ने भएपछि चुनाव रोचक हुने उनको टिप्पणी छ। उनको ट्विट यस्तो छ, ‘जमुना गुरूङ लड्ने भएपछि यसपालिको चुनाव सायद सर्वाधिक रोचक हुनेछ।’

यस्तै रमेश कुमारले ट्विट गर्दै भनेका छन्, ”एनआरएन’जीहरुलाई धेरै गाली गर्नुको औचित्य छैन। कति मात्रै भने, समाजमा तिनको चर्चा बढी गरिएको छ र महत्व बढी दिइएको छ – जुन आवश्यक थिएन!’

ज्योतिस सुनिल सिटौलाले भविष्यवाणी गर्दै ट्विट गरेका छन्। उनले भट्टको पल्लाभारी भएको भन्दै यस्तो ट्विट गरेकाछन्। ‘एनआरएन अध्यक्ष पदका लागि भट्ट र घले विचको भिडन्तमा अहिले ७ बजेर ४१ मिनेटको सासकिय ग्रह गणित गर्दा भट्टको पल्ला भारी देखिएको छ।’

ज्ञानेन्द्र खड्काले एनआरएनहरु संग प्रश्न गर्दै ट्विट गरेका छन्। ‘एनआरएनले कति बिजुली बाले? कति किमि सडक खने? मुसो पस्ने सुरुङमार्ग खने? भूकम्पपीडितका कति बस्ती बनाए? पत्रकारले एनआरएन नेतालाई देउता बनाइसके।’ भन्दै उनले टिप्पणी गरेका छन्।