८ बैशाख २०८१, शनिबार
Follow Us

लिवरपुलमा भव्य दशैं कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७४, शुक्रबार २०:१७

लिवरपुल नेपाली समाजले अक्टोबर ८ तारिखका दिन भव्य दशैं कार्यक्रम सम्पन्न गरेको छ । लिवरपूल र वरपर वसोवास गर्ने अधिकांश नेपालीहरु सो कार्यक्रममा उपस्थित थिए भने बेलायती नागरिक हरुको संख्या पनि उल्लेख्य थियो ।
कार्यक्रममा स्थानीय कलाकार हरुले गीत, नृत्य तथा मुक्तक वाचन गरेका थिए भने गायक उज्वल भण्डारीको लोकभाकाका गीत हरुले उपस्थित सबैलाई नचाएको थियो ।
समाजका अध्यक्ष डा शम्भु आचार्यले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष नवराज अधिकारीले कार्यक्रम संयोजक लगायत नेपाली समाजका पदाधिकारी हरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । सोही कार्यक्रममा समाजले शैक्षिक, व्यावसायिक वा विभिन्न विधामा सफलता हासिल गरेका व्यक्तित्व हरुलाई प्रमाण पत्र सहित पहिचान तथा सम्मान गरेको थियो ।