४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन केन्द्रको सचिव पदमा युकेबाट तिगेलाको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७४, शुक्रबार २०:२१

गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य विश्वास दीप तिगेलाले आगामी नेतृत्वको लागि केन्द्रीय (आईसिसि) सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
यहि १४ देखि १७ अक्टोबर २०१७ का दिन काठमाडौंको हयाट होटलमा ८ औं विश्व सम्मेलन हुदैछ । उक्त सम्मेलनले आगामी २ बर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

तिगेलाले संस्थाहरु संचालनका आफ्नो अनुभवलाई एनआरएनमा सदुपयोग गरि सबैको जित र सम्मान हुनेगरि सहमतिय पद्धतिलाई बढावा दिनेछु । विवाद र मतभेदले अगाडी बढन समस्या हुने भएकोले सिंगो आईसिसि समन्वय परिषदमा विवादरहित वातावरण निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछु भनी आफ्नो उम्मेदवारीको पुष्टि गरेका छन् । तिगेला एनआरएन ब्रुनाईको संस्थापक अध्यक्ष, आईसिसि र पुन दोस्रो कार्यकाल युकेबाट आईसिसि निर्वाचित बनेका हुन ।

एनआरएन भाषा तथा साहित्य कार्यदलका समेत संयोजक तिगेलाले राजनैतिक र साहित्यिक गरि ६ वटा पुस्तक लेखेका छन् भने ७ जना अन्य लेखकका कृतिहरु प्रकाशन गरिदिएर सहयोग गरेका छन् । उनले प्रकाशन गरिदिएका मध्ये झमक घिमिरेको जीबन काँडाँ की फूल ? पुस्तक सर्वाधिक लोकप्रिय बनेको छ । उनी विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष पनि हुन । धनकुटामा जन्मिएका तिगेला हाल युकेमा बसोबास गर्दै क्वान्टवरी क्राइस युनिभर्सिटीमा उच्च शिक्षा अध्ययनरत छन् ।

विश्वका ७७ मुलुकमा स्थापना भई संचालनमा रहेको यस सङ्घले करोडौको परोपकारी कार्य गर्दै नेपालीहरुको विश्वास जितेका छन् । अहिले लगभग ४३ करोडमा लाप्राकमा ५ सस ७३ वटा घर भूकम्प पीडितहरुको निम्ति बनाउदै छ भने काठमाडौ बालुवाटारमा १३ करोडमा जग्गा खरिद गरि लगभग १७ करोडमा केन्द्रीय भवन निर्माणाधिन छ । यस सम्मेलनमा विश्वभरबाट विदेशमा सफल झण्डै ३ हजार नेपालीहरु सहभागी हुनेछन् ।

एनआरएन आईसिसि सचिव पदमा मेरो उम्मेदवारी किन ?
एनआरएन विभिन्न मुलुकमा रहेका, विभिन्न सोच विचार बोक्नेहरुको साझा मंच भएकोले सबैलाई सम्मानजनक रुपमा समेटदै एनआरएनलाई स्थिर ढंगले अगाडी लैजान ।
भूकम्प पीडितहरुको निम्ति एनआरएनको तर्फबाट निर्माणाधिन योजनाहरु पुरा गर्न ।
निर्माणाधिन एनआरएन केन्द्रीय कार्यलय सम्पन्न गर्न ।
राजनैतिक अधिकार सहितको एनआरएन नागरिकताको पहल गर्न ।
समयअनुकुल एनआरएनलाई सुधार गर्दै, सवल र सम्पन्न बनाउन ।
परोपकारी कार्यलाई थप ब्यवस्थित गर्न, राष्ट्र एवं अन्तर्राष्ट्रमा एनआरएन च्यारिटी फाउण्डेशन संचालन गर्न ।
विदेशमा आर्जन गरेका ज्ञानशिप मातृभूमीमा सदुपयोग गर्न ।
विदेशमा रहेका नेपालीहरुको हकहित, अधिकार र भैपरि आउने आपतविपदका बेला चाहिने सहयोग ब्यवस्थापन गर्न ।

प्रतिबद्धताः
संस्थाहरु संचालनका मेरो अनुभवलाई एनआरएनमा सदुपयोग गरि सबैको जित र सम्मान हुनेगरि सहमतिय पद्धतिलाई बढावा दिनेछु । विवाद र मतभेदले अगाडी बढन समस्या हुने भएकोले सिंगो आईसिसि समन्वय परिषदमा विवादरहित वातावरण निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछु ।

आबद्धता तथा क्रियाशिलताः
क. विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष (१७ मुलुकमा २४ शाखाहरु)
ख. ६ पुस्तकका लेखक
ग. १ गीति एल्बमका लेखक
घ. ७ जना अन्य साहित्यकारका कृतिहरु ब्यक्तिगत रुपमा प्रकाशक । अत्यन्तै चर्चित र लोकप्रिय झमक घिमिरेको जीवन काँडा की फूल ? को प्रकाशक
ड. एक दशक वेलायती गोर्खा सेनाहरुलाई अध्यापन गराएको ।
च. हाल क्वान्टवरी क्राइसचच युनिभर्सिटीमा उच्चशिक्षा अध्ययनरत
छ. सन् २००५ देखि एनआरएनमा आबद्धता,
ज. अध्यक्षः एनआरएन ब्रुनाई सन् २०११–२०१३,
झ. आईसीसी सदस्य सन् २०१३–२०१५
ञ. आईसीसी सदस्य २०१५–२०१७
ट. संयोजकः भाषा तथा साहित्य कार्यदल उपसमिति २०१५–२०१७