१५ चैत्र २०८०, बिहीबार
Follow Us

फोरम अध्यक्ष यादव सुनसरीको क्षेत्र नं २ बाट सिफारिस

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७४, शनिबार ०६:५९

इनरुवा । संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिस गरेको छ । पार्टीको जिल्ला बैठकले यादवको नाम क्षेत्र नं २ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ ।

सुनसरीको क्षेत्र नं २ बाट यादव र सचिव पर्शुराम बस्नेतको पनि नाम सिफारिस गरेको छ । फोरमबाट जिल्लाका प्रदेश र संघको प्रतिनिधि सभाका लागि १२ पदका लागि १२३ जना सम्भावित नाम सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष महेन्द्र यादवले जानकारी दिनुभयो ।

जिल्लाबाट प्रत्यक्षबाट १२ जना र समानुपातिक १४ उम्मेदवारका लागि १२३ जनाको नाम सिफारिस गरिएको हो ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नं १ बाट वरिष्ठ नेता अशोककुमार राई, ध्यानबहादुर राई, भीम राई सिफारिसमा परेका छन् भने समानुपातिकतर्फ दुर्गामाया लिम्बू, विरेश थापा, रकम चेम्जुङ, ध्यानबहादुर राईको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेशसभा सुनसरी–१ (क) को प्रत्यक्षतर्फका लागि राजेन्द्र इस्बो लिम्बू, विपिन इवाराम लिम्बू, मानभगत चामलिङ र समानुपातिकतर्फ विरेश थापा, मान भगत चामलिङ, किरण देवानलाई सिफारिस गरिएको छ । क्षेत्र नं १(ख) मा प्रत्यक्षतर्फ शुभचन्द्र राई, जयमान सम्पाङ राई र समानुपातिकतर्फ मनोज प्रधान, लालबहादुर बिनापुमा राईलाई सिफारिस गरिएको छ ।

त्यसैगरी क्षेत्र नं २ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पार्टी अध्यक्ष उपेन्द्र यादव, सचिव पर्शुराम बस्नेत, भीम राई, तेजनारायण चौधरी र देवकृष्ण मेहताको नाम सिफारिस गरिएको छ ।

त्यस्तै समानुपातिकतर्फ सुमित्रादेवी खत्वे, आदिवासी जनजातिबाट गायत्री आले मगर, खसबाट पर्शुराम बस्नेत, मधेशीबाट सीतादेवी यादव र अमनकुमार चौधरीलाई सिफारिस गरिएको हो ।

प्रदेश सभा क्षेत्र नं २(क) का लागि प्रत्यक्षमा तेजनारायण चौधरी, राजकुमार गुरुङ र समानुपातिकतर्फ ध्रुवकुमार सुब्बा, दिपेश राई, शंकर राई, गुलाव ब्राह्मण शर्मा, गायत्री आले मगर, रामबहादुर खड्कालाई सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं २(ख)का लागि प्रत्यक्षमा नारायण यादव, धर्मवीर आर्य, बेचन मेहता, बुधनारायण यादव, मनिषकुमार माडु र समानुपातिकतर्फ भगिरथ खत्वे, सूर्यनारायण यादव, गुलाव शर्मा, अभिनन्दकुमार यादव, सुनिता यादव, सुशीलाकुमारी यादव, निलमदेवी यादव, लक्ष्मीदेवी राम, प्रमिलादेवी मण्डल, अनिता यादव, गंगाराम चौधरी, गीताकुमारी यादव र पंकजकुमार भगतको नाम सिफारिस भएको छ ।