७ बैशाख २०८१, शुक्रबार
Follow Us

वाम गठबन्धनको घोषणापत्र तयार

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७४, शनिबार १५:५७

काठमाडौं । साता दिन अघि गठबन्धन गरेका दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले आफ्नो संयुक्त चुनावी घोषणापत्रमा कांग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् । चुनावी घोषणापत्रलाई अन्तिम रुपमा दिने तयारीमा जुटेका वाम गठबन्धनले कांग्रेसले अलोकतान्त्रिक प्रवृत्तिलाई उजागर गरेको उल्लेख गरेका छन् ।

छिमेकी राष्ट्रहरुसँग निकै लचक देखिएको गठबन्धनले आफ्नो एकताप्रति लोकतन्त्रका लागि अनिष्टका रुपमा टिप्पणी गरेर कांग्रेसले आफ्नो अलोकतान्त्रिक प्रवृत्ति प्रकट गरेको उल्लेख गरेको छ । घोषणापत्रमा कम्युनिष्ट शक्तिहरु विभाजित भइरहे र आफ्नो विजयलाई पन्छाउने काम गरिरहे मात्र नेपालमा लोकतन्त्र हुने नेकाको सोच हदै अलोकतान्त्रिक भएको उल्लेख गरिएको छ ।

गठबन्धनले लोकतन्त्रलाई आफ्नो सुविधाको बस्तु ठान्ने नेपाली कांग्रेसले लोकतन्त्र स्थापनाका लागि संघर्ष गर्ने महान शहीदहरु र नेपाली जनतालाई घोर अपमान गरेको घोषणापत्रमा समावेश गरेको छ । गठबन्धनले नेपाली कांग्रेसले अर्को कुनै पार्टीसँग एकता वा चुनावी गठबन्धन ग¥यो भने त्यसलाई सहजरुपमा लिने बताइएको छ ।

घोषणापत्र मार्फत् एमाले र माओवादी केन्द्रले भारत–चीन लगायत अन्तर्राष्ट्रिय जगतलाई एकता कसैका पक्ष वा विपक्षमा नभई नेपालको स्थिरता र सम्बृद्धिका लागि भएको आश्वस्त गराउन प्रयास गरेका छन् ।

एमाले र माओवादी केन्द्रको संघीय निर्वाचन घोषणापत्र २०७४ नाम दिइएको घोषणापत्रको मस्यौदामा छिमेकी मित्रराष्ट्र सहित अन्तर्राष्ट्रिय मित्रहरुले यसलाई नेपालको आन्तरिक एवं लोकतन्त्रको एउटा सामान्य एवं अस्वाभाविक परिघटनाका रुपमा वाहेक अन्यथा लिने छैनन् भन्ने कुरामा नेपाली जनता विश्वस्त रहेको उल्लेख छ ।