१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यूरोप महिला सहसंयोजकमा पूर्वनायिका खड्काको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७४, आईतवार ०५:४०

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको आठौं विश्व सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी पूर्व नायिका वर्षा खडकाले यूरोपका लागि महिला सह–संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छिन ।
हल्याण्डसको आम्सिडेममा बसोबास गर्दै आएकी खड्का एनआरएनको सम्मेलनमा भाग लिने आएकी हुन । एनआरएनको सम्मेलन काठमाडौंमा शनिबारदेखि सुरु भएको छ । यूरोप महिला सहसंयोजक उम्मेदवारी दिने तयारीमा रहेकी अभिनेत्री खड्काले भनिन् साथीहरूको सल्लाहमा उम्मेदवारी दिने तयारी गरेकी छु ।
सबैको साथ पाए भने जित्छु पक्का हुने आशा बोकेको छु । तपाईंको उम्मेदवारी किन भने जिज्ञासामा खड्काले भनिन् यूरोपमा बसोबास गर्नु हुने नेपाली समुदायको हकहितमा काम गर्ने इच्छा रहेको छ । हुन त पदमा नरहदा पनि काम गर्दै आएकी छु । पदमा बसेर झन जिम्मेवारीका साथ काम गर्ने इच्छा छ । सम्मेलनको दोस्रो दिन आज आइतबार बन्द सत्रका साथै निर्वाचन कार्यक्रमहरू हुने छन ।
भोलि सोमबार नयाँ अध्यक्षसहित पदाधिकारीहरूमा मतदान हुने कार्यक्रम रहेको छ । यसपटक एन.आर.एन. अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी घोषणा गरेका छन् । यी दुबै प्रतिद्वन्द्वी बीच कडा प्रतिस्पर्धा हुदैछ ।