२६ बैशाख २०८१, बुधबार
Follow Us

गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं महाधिवेशन सुरु (फोटो फिचरसहित)

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७४, आईतवार ०५:५४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं महाधिवेशन सुरु भएको छ । एनआरएन अध्यक्ष शेष घलेलगायत पूर्वअध्यक्षहरुले पानसमा बत्ती बालेर संयुक्तरुपमा उद्घाटन गरेको उक्त कार्यक्रममा डा. उपेन्द्र महतो, देवमान हिराचन र जीवा लामिछानेले बोलेका थिए ।
महाधिवेशनमा संगठानिक प्रतिवेदन महासचिव डा. बद्री केसीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष हिक्मत थापाले प्रस्तुत गरेका थिए । अधिवेशनमा अध्यक्ष घलेले प्रस्तुत गरेको भिजन वियोन्ड २०–२० बारे पनि छलफल भएको थियो ।
बन्दसत्र सम्पन्न भइसकेपछि नयाँ नेतृत्वका लागि भोलि सोमबार निर्वाचन प्रकृया अघि बढाइने एनआरएनको कार्यसूचिमा छ ।
उद्घाटन समारोहको झलक यस्तो थियो

4
3
52
1
Final