४ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्व उपसभामुख गंगाप्रसाद यादव एमालेमा

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७४, आईतवार ०७:२५

काठमाडौं । राप्रपाका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन । यादवलाई एमाले अध्यक्ष ओलीले खादा ओढाएर पार्टीमा स्वागत गरे । निर्वातमान संसदमा यादव उपसभामुखमा निर्वाचित भएका थिए। उनी सप्तरीबाट राप्रपाको कोटाबाट समानुपातिकमा निर्वाचित भएका थिए ।