१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूरोप महिला उपसंयोजकमा संगिता मरहट्टाको जित सुनिश्चित

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७४, आईतवार ०९:५२

लण्डन । गैरआवासीय नेपाली संघको शनिवार देखी काठमाण्डौं शुरु भएको आठौं महाधिवेशनमा चुनावको रनौक बढेको छ । उम्मेदवारहरु आआफ्नो चुनावी प्रचारमा जुटेका छन् । यस्तै गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रको महिला उपसंयोजककी उम्मेदवार संगिता मरहट्टाले आफ्नो चुनावी माहोललाई तिब्र पारेकी छन् ।

मरहट्टाले यूरोपस्थित बिभिन्न देशका राष्ट्रिय समितिका अध्यक्षहरुसंगको भेटघाट गरेकी छन् । मरहट्टाले संघको अभियानमा प्राप्त गरेको अनुभव र क्षमताको आधारमा आफ्नो जित सुनिश्चत भएको दावी गरिन् ।

उनले महिलाको सिप र क्षमता विकासको लागि सक्दो प्रयास गर्ने वताइन् । उनले यसअघि गैरआवासीय नेपाली संघ यूकेको सचिव, आइसीसी सदस्य र मिडिया कार्यदलको सहसंयोजकको रुपमा काम गरेकी थिइन् । उनलाई यूरोपस्थित अधिकांश राष्ट्रिय समितिको समर्थन रहेको छ ।