१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कमल थापासँग राप्रपा समर्थित एनआरएन

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७४, आईतवार १३:५१

काडमाडौं । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले राप्रपाले कुनै पार्टी भन्दा प्रवासी नेपालीको समस्या हेर्ने दृष्टिकोणमा कमि नरहेको बताउनु भएको छ ।
राप्रपा प्रवास विभागद्वारा आयोजित कार्यक्रममा एनआरएनए सम्मेलनमा आएका राप्रपा समर्थित प्रवासी नेपालीहरूसँगको अन्तरक्रियामा वोल्दै उहाँले राप्रपाले प्रवासी नेपालीको हरेक समस्यामा हातेमालो गर्दै साथ दिएको र भविष्यमा पनि साथ दिने कुरा बताउनु भयो,उहाले राष्ट्रियता प्रजातान्त्रि, स्थायित्व र आर्थिक समृद्धिमा प्रवासी नेपालीको संस्था एनआरएनको भुमिकाको प्रसंशा गर्नुभयो ।
विभाग प्रमुख विजय खडकाको सभापतित्वमा भएको कार्यक्रममा प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।सो कार्यक्रममा राप्रपा सहमहामन्त्री प्रेमकुमार श्रेष्ठ, अमेरिकाका श्री पराजुली, पोर्चुगलका रमेसराज वास्तोला, अष्ट्रेलियाका स्वतन्त्रप्रताप शाहलगायतले सम्वोधन गरेका थिए ।