१३ बैशाख २०८१, बिहीबार
Follow Us

काँग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७४, आईतवार १४:१६

काठमाडौं । नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ । संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।
संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७-१७, जनजाति पुरुष र महिला १६-१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूची दर्ता गरिएको उहाँले जानकारी दिनुभयो । संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूची तयार भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।