७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘यस्तो छ एनआरएन निर्वाचनमा भवन भट्टको प्यानल’

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७४, सोमबार ०३:३६

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वको लागि सोमवार (आज) निर्वाचन हुर्दैछ । अध्यक्षमा भवन भट्टको प्यानल सहित निर्वाचनमा उत्रिने तयारी गरेका छन् । जसमा उपाध्यक्ष्मा कुल आचार्य, कुमार पन्त,सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिकमत थापा र सचिवमा डिबी कार्की प्रत्यासी छन् । आचार्यको प्रस्तावकमा नरेन्द्र भाट छन भने प्रस्तावक शेर सुनार रहेका छन् ।

इलोक्टोनिक्स माध्यमबाट हुने मतदानबाट अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहितका पदाधिकारी निर्वाचित गर्ने छ ।

एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष भवन भट्ट, वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ र टिबी कार्की भिड्दै छन् ।

गुरुङको प्यानलको पदाधिकारीमा उपाध्यक्ष सोनाम लामा, रविना थापा, महासचिव त्रिलोक गुरुङ, कोषाध्यक्ष मुछेत्र गुरुङ, सचिव जानकी गुरुङको रहेको वताएको छ ।
1

जमुना गुरुङले श्रीमान् शेष घलेले आफ्नो कार्यकालमा सुरु गरेका योजनालाई अघि बढाउने उल्लेख गरेकी छन् । उनले भिजन २०२० एन्ड वियोन्डको प्रस्तावलाई अघि बढाउने, एनआरएनले सुरु गरेका परियोजनाहरूलाई समयमै सम्पन्न गर्न आफ्नो उम्मेदवारी भएको बताउँदै आएकी छन् ।

यता भवन भट्टले नयाँ लगानीका लागि स्टार्टअप फन्डको व्यवस्था, वैदेशिक रोजगारमा रहेका नेपालीको बिमाका लागि आपतकालीन कोष परिचालन, प्रत्येक देशमा भएका एनआरएनए शाखाले निर्माण परियोजना बनाउने योजना अघि सारेका छन् भने वर्तमान अध्यक्ष शेष घले सुरु गरेका योजनालाई नरन्तरता दिने बताएका छन् । भट्टले आफू अध्यक्ष भएमा एनआरएनएले युवा लक्षित कार्यक्रम ल्याउने दाबी गरेका छन् ।