१५ बैशाख २०८१, शनिबार
Follow Us

नेवि सङ्घको बन्दसत्र भोलि

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार ०९:४८

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्दसत्र भोलि मङ्गलबार हुने भएको छ । आइतबार भएको सङ्घको ११औं महाधिवेशन उद्घाटनपछि आजका लागि निर्धारित बन्दसत्र प्राविधिक समस्याका कारण साउन २५ गते सारिएको नेवि सङ्घ कार्यालयका मुख्य–सचिव शिव रिमालले जानकारी दिनुभयो ।
केही जिल्ला र क्याम्पसमा महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखिएको प्राविधिक समस्याका कारण बन्दसत्र भोलि मङ्गलबार दिउँसो २ बजे हुने सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । महाधिवेशन प्रतिनिधिको कार्ड भोलि बिहान ८ बजे काँग्रेस केन्द्रीय कार्यालय, सानेपाबाट वितरण हुने सङ्घले जनाएको छ ।
समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन’ भन्ने नाराका साथ नेविसङ्घको महाधिवेशन यही साउन २३ गतेदेखि सुरु भएको छ । करिब तीन हजार ४०० महाधिवेशन प्रतिनिधि रहने भनिएको नेवि सङ्घमा ११ जिल्लाका प्रतिनिधिको अझै टुङ्गो लागेको छैन ।