७ बैशाख २०८१, शुक्रबार
Follow Us

गच्छदारलाई सम्मानजनक पद

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७४, सोमबार १०:०१

काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणा गरिएको छ । दुई दलबीच हिजै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आज गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको एकता घोषणामा नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ ।
पार्टी एकतापछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष रहँदै आएका विजयकुमार गच्छदारलाई कांग्रेसको उपसभापति वा महामन्त्रीमा नियुक्त गर्ने आश्वासन दिएका छन् । नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छदारको नेतृत्वमा नेपाल लोकतान्त्रिक फोरम १० बर्षअघि नै गठन भएको थियो ।
गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको छ । काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ । लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदार, जीतेन्द्र देव सहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउनेछन् ।