१२ बैशाख २०८१, बुधबार
Follow Us

८८ किलो सुनकाण्डमा तामाङ पक्राउ

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७४, सोमबार १४:२४

काठमाडौं । प्रहरीले सुन तस्करीका आरोपमा नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ गरेको छ । गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीमा बा१७च ६४२७ नंको टाटा सफारी गाडीमा ८८ किलो सुनसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । सो सुन तस्करी काण्डमा तामाङको पनि संलग्नता देखिएको भनी उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज राजधानीबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवस लोहनीले ८८ किलो सुन तस्करीमा तामाङको पनि संलग्नता देखिएकाले उनलाई अनुसंन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।
यसअघि सोही सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडु, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी ओटुका उल्लास दिनकर सालुखे र पशुपति सिनचाँदी खार्नी पसल ओटुका नन्दकुमार मगरलाई पक्राउ गरिसकेको छ ।