८ बैशाख २०८१, शनिबार
Follow Us

राप्रपा (प्र) मा पदाधिकारी मनोनीत

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७४, सोमबार १४:५३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर जवराले दीपक बोहरालाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गर्नुभएको छ । पार्टीको विधानअनुसार दुर्गा श्रेष्ठ र केशरबहादुर विष्टलाई उपाध्यक्षमा मनोनयन गर्नुभएको हो भने महामन्त्रीमा राजाराम श्रेष्ठ तथा प्रवक्तामा प्रदीप उदय र किशोरबहादुर कार्कीलाई जिम्मेवारी दिनुभएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा अध्यक्ष राणाले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रजातान्त्रिक गठबन्धनलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले इतिहासमा पहिलोपटक लोकतान्त्रिक र वामपन्थी दुई धारमा राजनीतिक धु्रवीकरण भएको बताउँदै जनताको राजनीतिक अधिकारलाई प्रजातान्त्रिक धारले मात्र संरक्षण गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।
नवनियुक्त पदाधिकारीले आजै पदबहाली गर्नुभएको छ ।