६ बैशाख २०८१, बिहीबार
Follow Us

भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी

नेपालब्रिटेन डट कम्
३१ आश्विन २०७४, मंगलवार ०५:३८

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी भएको छ । मंगलबार बिहान स्थानीय समयअनुसार ३ः३५ बजे आगो लागेको हो । सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री कार्यालयको २४२ नम्बरको कोठामा रहेको एउटा एसी मेसिनबाट आगो सल्किएको हो । तत्कालै १० वटा दमकल परिचालन गरेर २० मिनेटभित्रै आगो नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।