६ चैत्र २०८०, मंगलवार
Follow Us

गुरुकुलबाट दुई बालक बेपत्ता

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७४, बुधबार ०७:१४

जितपुर । यहाँ गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन् । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
दश दिनअघि मात्र विद्यालयमा अध्ययन गर्न आएका धनगढीका अर्जुनसँग आफ्नो छोरा पनि बेपत्ता भएपछि सागरकी आमा चिन्तित हुनुभएको छ । विद्यालयबाट बालक बेपत्ता हुँदासमेत विद्यालय परिवार बेखबर बनेको पारिवारिक स्रोतले गुनासो गरेको छ ।
गुरुकुलबाटै विद्यार्थी बेपत्ता भएपछि परिवारका सदस्य आक्रोशित भएका छन् । गत वैशाखदेखि विद्यापीठमा अध्ययनरत सागर लगनशील र मेहनती विद्यार्थी थिए ।
परिवारले बालक खोजी दिनका लागि इलाका प्रहरी कार्यालय, पिपरामा निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।