६ चैत्र २०८०, मंगलवार
Follow Us

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७४, बिहीबार ०४:१५

काठमाडौं । स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ ।

गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाउनुभयो । सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक ग¥यो ।

इन्टरनेशनल कार्डियोलोजी एसोसिएसन, भारतका अध्यक्ष डा शान्तिलाल साहले भैँसीको दूधमा ‘लोङ्चन फ्याट’ बढी भई नशा जमेर अवरुद्ध हुँदा हृदयाघातका समस्या देखापरेकाले गाईको दूध हृदय रोगीका लागि बरदान सावित हुने अनुसन्धानबाट पुष्टि गर्नुभएको छ ।

अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको स्थानीय गाईको अध्ययनमा लाग्नुभएका गोव्रती योगी सोमराज बताउनुहुन्छ । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ ।

गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फरमलडिहाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पु¥याउँछ भने इथिलिन अक्साइड र फरमलडीहाइड ग्यासले पर्यावरणमा नकारात्मक असर पु¥याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ । यसैले गर्दा गाईको घ्यूको महत्व छ ।
– पूर्णप्रसाद मिश्र