६ चैत्र २०८०, मंगलवार
Follow Us

भूमिकाले जितिन् क्लेज क्वीन उपाधि

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७४, बिहीबार ०५:१०

काठमाडौं, । ‘कलेज क्वीन नेपाल–२०१७’को भूमिका घिमिरेले चुमेकी छन् । केएनजी कलेजमा अध्ययनरत घिमिरेले ताजसँगै नगद पचास हजार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
आरके इन्टरटेन्मेन्ट ग्रुपले राजधानीमा आयोजना गरेको उक्त कार्यक्रममा किस कलेजमा अध्यनरत सुबानी गोर्खाली ‘क्वीन एजुकेशनल एम्बास्डर अफ नेपाल’ र निश कलेजकी श्रीषा न्यौपानेले ‘कलेज क्वीन आईकन नेपाल’को उपाधि पाए । फस्ट रनरअप र सेकेन्ड रनरअपलाई भिन्न टाइटल राखेर उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ ।
‘एजुकेशनल ब्यूटी प्याजेन्ट’ भनिएको ‘कलेज क्वीन नेपाल’को यो दोस्रो संस्रण हो । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उपस्थित दर्शकले विभिन्न कलाकारको नृत्य एवं सांगीतिक प्रस्तुतीले मनोरञ्जन लिएका थिए । आयोजक सस्थाका निर्देशक लक्कीराम केसीका अनुसार कार्यक्रम सोचेभन्दा भव्य र सभ्य रुपमा भएको थियो ।
त्यस्तै, प्रतियोगितामा ‘पब्लिक च्वाइस अवार्ड’ राजधानी कलेजमा अध्यनरत प्रेक्क्षा केसी भइन् । उनले नगद दश हजार हात पारिन् । प्रतियोगितामा बेस्ट डेस सञ्जु तामाङ, लसता महर्जन बेस्ट क्याट्वाक, सामना सत्याल बेस्ट डिसिप्लिन, अनिमा गौतम बेस्ट ब्युटी र अनुपमा पौडेलले बेस्ट फ्रेण्डशिपको सवटाइटल पाए । कार्यक्रम वरिष्ठ कलाकार निर शाहको अतिथ्यमा भएको थियो ।
प्रतियोगिताको निर्णायकमा निशुकान्त झा, सरोज प्याकुरेल, नायिका महिमा सिलवाल, सुमित राना र सुस्मा लामा रहेका थिए । निशा आचार्यको इभेन्ट मेनेजमेन्टमा आयोजित प्रतियोगिताको कोरियोग्राफी बिपना थापाले गरेकी थिइन् ।