६ चैत्र २०८०, मंगलवार
Follow Us

अमलाचौर स्कुल एलुम्नाइ एसोसियसनको तेस्रो साधारणसभा सम्पन्न

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७४, बिहीबार ०५:३५

काठमाडौं । अमलाचौर स्कुल एलुम्नाइ एसोसिएसनको तेस्रो साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले सञ्चालक समितिमा डा. हेमराज शर्माको नेतृत्वलाई निरन्तरता दिएको छ । समितिको उपाध्यक्षमा हेमराज ढकाल, महासचिव राजन पौडेल, सचिव कृष्ण पौडेल, कोषाध्यक्ष दुर्गालाल शर्मा चापागाईं पुनः दोहोरिएका छन् ।
यसैगरी सदस्यहरुमा डा. ज्ञानेन्द्र पौडेल, निशान बिक, सुजन परियार, बबिता शर्मा, नवराज पौडेल र दुईजना पछि थप गरिनेछ । उक्त साधारणसभाले सञ्चार संयोजनमा नागरिक मिडियाकर्मीका बेलायत सम्वाददाता चिरन शर्मालाई तोकेको छ । यस्तै चितवन, पोखरा र बाग्लुङमा सम्पर्क व्यक्ति तोकिएका छन् । चितवनमा दुर्गालाल शर्मा, पोखरामा दुमनाथ शर्मा र बाग्लुङमा गोविन्द पौडेललाई सम्पर्क व्यक्ति तोकेको छ ।
बुधबार सम्पन्न साधारणसभाले विधानमा केही संशोधन गरेर कार्यसमितिलाई सञ्चालक समिति बनाएको छ ।
अमलाचौरस्थित पृथ्वी मा.वि.मा बन्दै गरेको भौतिक पूर्वाधारबारे अध्यक्ष डा. शर्माले पावरप्वाइन्ट प्रेजेन्टेसनमार्फत् एलुम्नाइका सदस्यहरुलाई जानकारी गराएका थिए । भौतिक पूर्वाधार निर्माणका लागि कोषमा जम्मा भएको रकमको स्रोत तथा आगामी दिनका योजनाबारे अध्यक्ष डा. शर्माले सदस्यहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा कोषाध्यक्ष चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने एसोसिएसनका गतिविधिबारे सचिव पौडेलले प्रष्ट पारेका थिए । साधारणसभामा विद्यालयको भौतिक पूर्वाधार विकासमाभन्दा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने सहभागीहरुले आवाज उठाएका थिए ।
पृथ्वी माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको संगठन अमलाचौर स्कुल एलुम्नाइ एसोसियसनको पूर्व शिक्षामन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । उक्त साधारणसभामा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा व्यवसायी चन्द्रराज ढकालको समेत सहभागिता थियो ।