१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनअारएनएको चुनावमा कसले कति मत पाए ?

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७४, शुक्रबार ०९:३६
काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को ८ औं विश्व सम्मेलन सम्पन्न भएको छ  । सम्मेलनबाट निवर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न चुनावमा भट्टले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् ।सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् । महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् ।

अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् ।

निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् । यो कार्यकाल दुई वर्षको हुने छ ।

हेर्नुस् कसले कति मत पाए (पूर्ण विवरण)