६ चैत्र २०८०, मंगलवार
Follow Us

कालजयी गीत प्रतिक्षा गर मेरी मायालुको कभर संग लिएर आए गायक अनिश पाण्डे (भिडियो)

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७४, शुक्रबार ०९:४०

काठमाडौँ । कालजयी गीत प्रतिक्षा गर मेरी मायालुको कभर संग लिएर आएका छन् गायक अनिश पाण्डेले । पुराना स्रटाको सम्मानका लागी गायक दिपक खरेलको स्वरमा सजिएको गीत निकै नै मर्मस्पशी भएको र यस बाल्यकालदेखि नै सुनदै आएको भएकाले अहिले आएर कभर संगका रुपमा फेरी ब्युँत्याएको गायक पाण्डेले बताए ।

पुरानो गीतको करिजिनल क्वालिटी नभएको र भिडियो समेत उत्कृष्ट नभएकाले परिमार्जित शैलिमा पुन ब्यूँत्याउने कोशिस गरेको गायक पाण्डको तर्क छ । नयाँ परिमार्जित गीतमा म्यूजिक एरेन्ज गर्ने काम पुरुसोत्तम सुवेदीले गर्ने काम गरेका छन् ।

यसको भिडियो छायांकन र सम्पादन सुमन श्रेष्ठले बेलायतमा गरेका हुन् । यसअगाडी नै गायक पाण्डेले मनसँग मन बोलको गीतको भिडियो अर्जुन पोखरेलको संगीतमा बजारमा ल्याइसको छन् । जसले औधि लोकप्रियता समेत कमाएको थियो ।