६ चैत्र २०८०, मंगलवार
Follow Us

दृष्टिविहीन विद्यार्थीको लागि १० लाखको अक्षयकोष

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७४, शुक्रबार ०९:४८

पर्वत- सदरमुकाम कुश्मास्थित शिवालयमा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको लागि १० लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । बेलायतमा बस्ने पर्वतेलीको संस्था पर्वत वेलफेयर सोसाईटी युकेले रकम संकलन गरि बिहिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

सोसाइटीले संकलन गरेको उक्त रकम हालै एनआरएनको उपाध्यक्षमा निर्वाचित भएका कुल आचार्यसहित कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गैह्र आवासीय नेपाली संघका नवनिर्वा्चित उपाध्यक्ष कुल आचार्य, गैह्र आवासिय नेपाली संघ अन्तराष्ट्रिय संयोजक पुरन गिरी, पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष दधि आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ्गले संयुक्त रुपमा विद्यालयका अध्यक्ष इश्वर गिरी र प्राचार्य भुपेन्द्र चापागाईलाई हस्तान्तरण गरेका थिए ।

‘विद्यालयमा पढ्ने विद्यार्थीहरुको अध्ययनलाई निरन्तरता दिन रकम अभावका कारणले शिक्षाबाट बञ्चित हुन नपरोस भनेर सहयोग गरेका हौ’ सोसाइटीका अध्यक्ष दधि आचार्यले भने, ‘अक्षयकोषको ब्याजबाट प्राप्त रकमले उनीहरुका लागि आवश्यकीय सामाग्री खरिद गर्ने अपेक्षा लिएका लिएका छौं।’

त्यस्तैं गैरआवासीय नेपाली संघ पर्वतका विश्व संयोजक पुरन गिरीले सहयोग गर्नेलाई धन्यवाद दिँदै उक्त रकमले बालबालिकाको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरकपटकको आग्रहलाई स्वीकारेर बिदेशमा बस्ने धेरै नेपालीहरुले सहयोग गरेको बताए ।

विद्यालयमा हाल कक्षा ५ देखि १२ सम्म २२ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।विद्यालयमा गुल्मी, तनहुँ, बाग्लुङ, पर्वत जिल्लाका विद्यार्थीहरुले अध्ययन गर्दै आईरहेका छन् ।