१५ चैत्र २०८०, बिहीबार
Follow Us

बोलेको काम पुरा गर्छु: एनआरएन अध्यक्ष भट्ट

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७४, आईतवार ०९:२०

टोकियो – गैर-आवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय समितीका नव निर्वाचित केन्द्रिय अध्यक्ष भवन भट्टले आफूले घोषणा पत्र अनुसारनै काम गर्ने बताएका छन् ।

आइतबार बिहान एनआरएनएको अध्यक्ष बनेर पहिलो पटक कर्मभुमी जापान आईपुगेका भट्टलाई जापानबासी नेपालीले स्वागत गर्ने क्रममा यस्तो बताएका हुन् ।

म आफ्नो स्पष्ट कार्यदिशा र टिम परिचालन गरी विश्वभर रहनुभएका प्रवासी नेपालीहरुको भलाईको निम्ती काम गर्नेछु अझ भनौ ”घोषणा पत्र” बोकेर हिंड्नेछु र सोही अनुरुप काम गर्नेछु, उनले भने ।

विश्वभरबाट आएका प्रतिनिधिले असाध्यै विश्वास गरेर मत दिनु भएको छ त्यो मतको म भरपुर सदुपयोग गर्नेछु, विदेशका नेपाली र साथ साथ नेपालको सम्वृद्धि पनि एनआरएनएका आफ्ना भूमिका छ्न ति कार्यपनि प्राथमिकतामा पर्नेछ्न ।

साथै एनआरएनएले अबको दुई बर्षमा नेपालमा तीन सय मेगवाट बिजुली उत्पादन गरिने समेत प्रतिबद्दता ब्यक्त गरिएको जानकारी दिए ।

भट्टले एनआरएनएलाई स्मार्ट एनआरएनए, भर्जन दुई एनआरएनए र नयाँ पुस्तालाई प्रभावकारी बनाउने एनआरएनए बनाउने लगयतका महत्वाकाँक्षी योजना लिएर मैदानमा उत्रिएका थिए । गत अक्टोबर १४ देखी १७ सम्म काठमान्डौमा सम्पन्न ८ औ विश्वसम्मेलन मार्फत अत्याधिक मत प्राप्त गरी केन्द्रिय अध्यक्षमा निर्वाचित भएका थिए ।

टिबीआई ग्रुपका अध्यक्ष भट्टको नेतृत्वमा अतिथी देबो भव: जस्तो अत्यन्त राम्रो कामको थालनी समेत भएको थियो जुन हाल नेपालका सम्पूर्ण जिल्ला र विश्वका ७७ वटै देशमा संचालित छ ।

अध्यक्ष भट्टलाई गैर-आवासीय नेपाली संघ जापानका उपाध्यक्ष सरोज कुमार खत्री लगायत जापानमा क्रियशिल राजनीतिक पार्टी, एनआरएनए जापान र संघ संस्थाका प्रतिनिधिहरु र जापानबासी नेपालीहरुले हानेदा बिमानस्थलमा स्वागत गरेका थिए ।