१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेसबाट को–कसले उम्मेदवार मनोनय गराए ?

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७४, आईतवार १४:०२

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट प्रथम चरणमा निर्वाचन हुने ३२ जिल्लाबाट ३४ जनाले उम्मेदवारी मनोनय गराएका छन् । सिन्धुपाल्चोकको क्षेत्र नं. २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर राणालाई सघाउने छ भने गोरखा क्षेत्र नं. २ मा नयाँ शक्तिबाट डा. बाबुराम भट्टराईलाई सघाउने छ । एमाले र माओवादीले ३२ जिल्लाका सबै सिटहरुमा तालमेल गरेको छ । कांगे्रसले उनीहरुसँग लगभग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने छ ।
यस्ता छन् उम्मेदवार
ताप्लेजुङमा केशव थापा, संखुवासभामा दिपक खड्का, भोजपुरमा उमेशजंग रायमाझी, खोटाङबाट सरस्वती बजिमय, सोलुखुम्बुबाट बलबहादुर केसी, ओखलढुंगाबाट रामहरि खतिवडा, सिन्धुपाल्चोक–१ बाट मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोक–२ बाट पशुपतिशमशेर राणा (राप्रपा प्रजातान्त्रिक), दोखलाबाट रुद्र खड्का, रामेछापबाट कान्छाराम तामाङ, नुवाकोट– १ बाट रामशरण महत, नुवाकोट– २ बाट अर्जुननरसिंह केसी, रसुवाबाट मोहन आचार्य, धादिङ– १ बाट विश्व अर्याल, धादिङ– २ बाट दिलमान पाख्रिन, लमजुङबाट दिलबहादुर घर्ती, मनाङ टेकबहादुर गुरुङ, मुस्ताङबाट रोमी गौचन थकाली, म्याग्दीबाट खम्बीर गर्बुजा, गोरखा–१ बाट चीनकाजी श्रेष्ठ, गोरखा–२ बाट बाबुराम भट्टराई (नयाँ शक्ति), बाग्लुङ–१ बाट चम्पादेवी खड्का, बाग्लुङ–२ बाट निरज पुन, रुकुम पूर्व गोपालजी जंग शाह, रोल्पाबाट अमरसिंह पुन, जाजरकोटबाट राजिवविक्रम शाह, कालिकोटबाट भूपेन्द्रजंग शाही, हुम्लाबाट मंगल शाही, जुम्लाबाट देवेन्द्र शाही, मुगुबाट हस्तबहादुर मल्ल र डोल्पाबाट अंगद बुढा, रुकुम पश्चिमबाट वीरबहादुर ओली, बझाङबाट पृथ्वीबहादुर सिंह, बाजुराबाट कविराज पण्डित, बैतडीबाट नरबहादुर चन्द र दार्जुलाबाट बिक्रम सिंहले उम्मेदवारी मनोनय गराएका छन् ।