१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुई करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा पहारीविरुद्ध मुद्दा

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार १३:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रा डा भरतराज पहारीले रु दुई करोड ४० लाख एक हजार ५९९ बराबरको भ्रष्टाचार गरेको जनाउँदै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भनी परेको उजुरी छानबिन गर्दा प्रा डा पहारीले पेस गरेको सम्पत्तिको विवरण तथा अनुसन्धानका क्रममा दिएको बयान समेतबाट गैरकानुनी देखिएको छ ।
गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र मनासिब कारणबिना आफ्नो हैसियतभन्दा बढी खर्च गरेको अनुसन्धानबाट खुलेको आयोगले उल्लेख गरेको छ । आयोगले प्रा डा पहारी र निजकी श्रीमती शोभाका नाममा रहेको चलअचल सम्पत्ति समेत जफत गर्न माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।