१५ चैत्र २०८०, बिहीबार
Follow Us

श्रीमान् र देवरले गरे लक्ष्मीको हत्या

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७४, सोमबार ०९:४७

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका छन् । गोवद्र्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आएपछि भनाभन हुँदा रिसको झोकमा उनीहरूले रडले हिर्काएर हत्या गरेको स्थानीयवासी मोहन राईले बताउनुभयो । सो घटनाका सम्बन्धमा प्रहरीले अभियुक्तद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेपनि कुनैपनि जानकारी नदिएको बताइएको छ ।