८ बैशाख २०८१, शनिबार
Follow Us

राप्रपा एकता भाडियो

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार १३:३४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जित नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा समितिले तयार गरेको प्रतिवेदन पेस भएको र त्यसमा छलफल समेत भएको जानकारी दिनुभयो । दुई पार्टीबीच एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको ठहर बैठकले गरेको छ । बैठकले एकताका लागि थप छलफलको खाँचो भएकाले राप्रपा नेपाललाई थप अध्ययनका लागि आग्रह गरेको छ । राप्रपाको सो निर्णयसँगै राप्रपा नेपालसँग मङ्गलबार हुने भनिएको एकीकरणको घोषणासभा प्रभावित भएको छ ।