७ बैशाख २०८१, शुक्रबार
Follow Us

बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७४, सोमबार १४:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावाँ २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ । बचतपत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो ।