१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मलेसियामा नेपाली र इन्डोनेसियन कामदार चढेको बस दुर्घटना, ८ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७४, मंगलवार १०:३१

काठमाडौं । मलेसियाको पेनाङमा मंगलबार बिहान दुई बस एकापसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्युको छ । नेपाली र इन्डोनेसियन कामदार बोकेको बसलाई अर्को बसले ठक्कर दिँदा ८ जना मृत्यु भएको हो ।
स्थानीय समयअनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा अरु ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी ‘सिन्ह्वा’ले जनाएको छ । पेनाङको जुरुटोल प्लाजानजिक भएको उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरु सबै महिला रहेको जनाइएको छ ।
कामदार बोकेर कम्पनीतर्फ जाँदै गरेको बसमा समस्या आएपछि सडकको देब्रेपट्टि रोकेकै अवस्थामा अर्को कम्पनीको बसले ठक्करदिँदा सो दुर्घटना भएको हो । सोनी कम्पनी र प्लेक्सस कम्पनीका बस दुर्घटनामा परेका हुन् । दुर्घटनामा कति नेपाली परे वा अवस्था कस्तो छ भन्नेबारेमा केही खुलिसकेको छैन ।