June 2, 2020
6:17 PM | 11:02 PM

एनआईसी एसिया बैंकको ह्याक गरेको ४० करोड रुपैयाँ फिर्ता गराउने प्रयास

  24th October 2017 मा प्रकाशित

काठमाडौं । बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो ।
ह्याकरले विदेशका विभिन्न छ मुलुकका आठ बैंकमा रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भन्नुभयो, “केन्द्रीय बैंकमार्फत तत् देशका बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल गरिएको छ ।” एनआइसी एसिया बैंकले पनि रकम फिर्ता गर्न पहल गरिरहेको छ ।
यसले बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधि तथा प्रणालीगत समस्यालाई विशेष ध्यान दिनुपर्छ । हाल २०० मुलुकका ११ हजार विभिन्न संस्थाले स्वीफ्ट प्रणालीको प्रयोग गर्दै आएको बुझिएको छ ।
राष्ट्र बैंकले सूचना प्रविधिलाई विशेष ध्यान दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आएको सहप्रवक्ता पण्डितले पुनः स्मरण गराउनुभयो । सोमबार राष्ट्र बैंकले सबै बैंकका सूचना प्रविधि विभागका प्रमुखलाई बोलाएर निर्देशन दिएको थियो । बैंकको कारोबार प्रणालीको चुनौतीका कारण बैंकिङ क्षेत्रमा चुनौती थपिँदै गएकै कारण आन्तरिक प्रणालीलाई थप सुरक्षित गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया