८ बैशाख २०८१, शनिबार
Follow Us

एभरेष्ट आईडल युके-२०१७ को ग्राण्ड फिनाले अक्टोबर २८ मा

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७४, मंगलवार ११:५७

लन्डन । गायन प्रतियोगिता एभरेष्ट आईडल युके-२०१७ को ग्राण्ड फिनाले अल्डरसटको एम्पाएर हलमा आगामी २८ अक्टोबर साँझ आयोजना हुने भएको छ । प्रतियोगीहरुले पहिलो एभरेष्ट आईडल युके-२०१७ को टाईटल जित्न प्रतिष्पर्धा गर्ने छन् ।

गीतकार नीलम आङ्बुहाङ राई, जानु काम्बाङ साथै गायक संगितकार तथा गितकार बिसी राईलगायतले एभरेष्ट आईडल बिजेता र टप तीनलाई गित रेकर्ड गरिदिने प्रायोजन प्राप्त भएको छ ।

गायिका शर्मिला बर्देवा, गायिका सितु खरेल रिमाल र गायक गितकार तथा सँगितकार बिसी राई निर्णायक रहने उक्त फाईनल कार्यक्रममा उपस्थित दर्शक तथा निर्णायकहरुको भोटको आधारमा बिजेता घोषित गरिने छ ।

प्रथम हुनेले १२ सय पाउण्ड गित रेकर्डिङ कन्ट्र्याक्टसहित बिभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन भने दोश्रो हुनेले ५ सय पाउण्डसहित गित रेकर्डिङ र अन्य गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन त्यसै गरी तेश्रो हुनेले २ सय पाउण्ड सहित गित रेकर्डिङ र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन ।

कार्यक्रमको प्रमुख अतिथी युकेका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी, पप गितका प्रबर्तक गायक नोर्देन तेन्जिङ भुटिया, एनआरएनए युकेका अध्यक्ष, युकेका बिभिन्न संघ संस्थाका प्रमुख र युकेमा रहनु भएका गायक, गीतकार र संगितकारहरु अतिथी रहनु हुनेछ ।