१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन सचिव गुरुङद्वारा स्कुललाई कम्प्युटर

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७४, मंगलवार १५:०५

चितवन । जिल्लालाई सुगम मानिए पनि धेरै क्षेत्रमा विकास निर्माण गर्न बाँकी रहेको गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदकी सचिव जानकी गुरुङले बताइन् । भरतपुर महानगरपालिकामा रहेको विद्यालयमा कम्प्युटर शिक्षाको सुविधा समेत नपुग्नु दुखद भएको बताउदै विकासका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने औंल्याइन ।
भरतपुर १८ भुवनबस्तिमा रहेको श्री आधारभुत माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्दै सो कुरा बताइन् । चितवन सहायता कोष बेल्जियमको आयोजना तथा एनआरएन बेल्जियमको समन्वयमा सो विद्यालयलाई दुई थान डेस्कटप र एकथान ल्यापटप हस्तान्तरण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथी एनआरएन केन्द्रिय सचिव जानकी गुरुङ र विशिष्ठ अतिथि चितवन सहायता कोष बेल्जियमका उपाधयक्ष राजु घिमिरेले संयुत्त रुपमा सो कम्युटर विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रम सहायता कोष बेल्जियमकि सस्थापक अध्यक्ष सिता सापकोटा, एनआरएन अमेरिकाकी उपाध्यक्ष राधा पौडेल, एनआएन बेल्जियमका पुर्व अध्यक्ष युवराज गुरुङ, भरतपुर- १७ वडा सदस्य मंगलध्वज गुरुङ , चितवन सहायता समाजका चिजकुमार आले, सहकारी संघ केन्द्रीय सदस्य तारा गुरुङ, बिधायलका सहायक प्रअ डम्वर भुजेल, लेखा सदस्य हीरा गुरुङलगायतको उपस्थिती थियो । विद्यालय व्यवस्तथापन समितीका अध्यक्ष जितबहादुर तामाङको अध्यक्षतमा भएको कर्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुदत्त घिमिरेले विद्यालयको अवस्थाबारे जानकारी गराएक थिए ।
कार्यक्रममा सोहि विदालयका अभिवावक विपन्न अनि विरामी मंगली परियारको उपचारका लागि सहायता कोष बेल्जियले संकलन गरेको १५ हजार सहयोग रकमसमेत प्रदान गरिएको छ । २०२८ सालमा स्थापना भएको सो विद्यालय प्रस्तावित निमाविमा हाल २०५ जना विद्यार्थीहरु छन् ।

20171024_155324

20171024_155350

20171024_161100

– सिर्जना अर्याल