१३ बैशाख २०८१, बिहीबार
Follow Us

गगन सभापति देउवाको प्रियपात्र, प्रवक्तामा नियुक्त

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७४, मंगलवार १५:५५

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला नेतृत्वमा तेस्रो धारलाई क्रियाशील बनाएका केन्द्रीय सदस्य गगन थापा अन्ततः सभापति शेरबहादुर देउवाका प्रिय पात्र बनेका छन् । निर्वाचनको मुखैमा देउवाले गगनलाई पार्टी प्रवक्तामा मनोनित गरेर औपचारिक रुपमा प्रियपात्र बनाएका हुन् । थापाका प्रेस सहयोगी जीवन भण्डारीले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले गगन थापालाई पार्टी प्रवक्तामा नियुक्त गरेको पुष्टि गरे ।
प्रभावशाली भाषणकलाका कारण लोकप्रिय गगनलाई प्रवक्ता बनाउँदा पार्टीको सन्देश राम्रो जाने, युवालाई अवसर दिएको ठहर्ने तथा आन्तरिक राजनीतिमा गगनलाई आफूसँगै राख्न सके तेस्रो धारका नाममा बार्गेनिङ नहुने बुझाइ देउवाको छ । पछिल्लो समय समानुपातिकको बन्द सूचीमा रहेर सिटौंलाले आफूलाई सुरक्षित गरेपछि उनी पछाडिका युवा नेताहरु अल्मलिएका थिए । तेस्रो धारमा रहेका अधिकांश युवा र प्रभावशाली नेताले टिकट पाउनसमेत सजिलो नहुने भएपछि विकल्प खोज्न थालेका छन् ।