११ बैशाख २०८१, मंगलवार
Follow Us

राप्रपाकी सासद राज्यलक्ष्मी काँग्रेसमा प्रवेश

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७४, बुधबार १४:२८

विदुर । व्यवस्थापिका संसदकी निवर्तमान साँसद, एकीकृत राप्रपा राष्ट्रवादीकी नेतृ एवं नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं.२ की उमेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ काँग्रेस नेता अर्जुननरसिंह केसीको समर्थनका साथ आफ्नो उमेदवारी परित्याग गर्दे काँग्रेस प्रवेश गरेकी छन् ।
बुधवार सदरमुकाम विदुरमा आयोजित पत्रकार सम्मेलनमा एराप्रपा राष्ट्रवादीकी नेतृ श्रेष्ठले आफूले उमेदवारी फिर्ता लिइसकेको र आजैका मितिवाट नुवाकोटका सबैक्षेत्रमा काँग्रेसलाई जिताउन क्रियाशिल रहने प्रतिवद्धता जनाईन ।
विशेषगरी नुवाकोटको विदुर नगर क्षेत्रमा अत्यन्त लोकप्रिय मानिने नेतृ श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाको तर्फवाट विदुर नगरपालिकामा उपमेयरको प्रतिस्पर्धी भएदेखि निरन्तर उक्त पार्टीको विभिन्न तहमा रही राजनीतिमा क्रियाशिल थिईन । २०७० पछि संबिधानसभा र व्यवस्थापिका संसदको सदस्यका रुपमा पनि श्रेष्ठको भूमिका प्रशंसनीय रुपमा लिईन्छ भने श्रेष्ठको काँग्रेस प्रवेशसंगै नुवाकोटमा लोकतान्त्रिक गठवन्धन अझै सुदृढ हुने विश्लेषकहरुको बुझाई छ ।