१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चुनाव सारे विघठित संसद पुर्नस्थापित हुन्छ : अध्यक्ष दाहाल

नेपालब्रिटेन डट कम्
९ कार्तिक २०७४, बिहीबार ११:२७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन सार्ने काम गरिए विघटित संसद स्वतःपुनस्थापित हुने बताएका छन । लखन पन्तद्वारा लिखित आधुनिक नेपालको इतिहास नामक पुस्तकको बिहीबार काठमाडौंमा बिमोचन कार्यक्रममा दाहालले यस्तो धारणा राखेका हुन ।
उनले प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुने सुनिश्चितता भएकाले मात्रै संसद स्वतः विघटन भएको तर्क गर्दै चुनाव नहुने अवस्था आए संसद पुर्नस्थापना हुने बताएका हुन । निर्वाचन प्रक्रिया सुरु भई मनोनयन समेत दर्ता भइसकेकाले संसद विघटन गरिएको भन्दै उनले निर्वाचन रोकाउने कामभए संसद स्वत पुनःस्थापित हुने उल्लेख गरे ।
निर्वाचन आयोगले छापेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतपत्र फरक फरक रहेको उल्लेख गर्दै अध्यक्ष् दाहालले मतदाताहरुले आफ्नो अधिकार प्रयोग गर्न कुनै समस्या नभएको समेत बताए । उनले संविधानको कार्यान्वयकालागि पनि तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिए । आधुनिक नेपालको इतिहास नामक पुस्तकमा १७४३ देखि १९५५ का बिचमा नेपालमा भएका घटना र परिघटनाका बिषयमाजानकारी मुलक लेख रहेको लेखकले जनाएका छन् ।