मनोज कुमार कर्ण

विमलेन्द्र निधि नेपाली काँग्रेसमा नविनतम विचार राख्ने अर्थात्, बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको विचारको दैनिक जीवनमा अभ्यास गरेर हरेक प्रकारका नेपाली नागरिकलाई सम्पूर्ण आधारभूत आवश्यकताको प्रत्याभूत राज्यले गर्नुपर्छ अनिमात्र नेपालमा लोकतन्त्रको अवस्था कम्युनिस्ट र क्षेत्रीय पार्टीहरूको माझ नेपाली काँग्रेसको पनि अवस्था राम्रो हुनेछमा पर्छन् । यसै कारणले निधिलाई स्वभाविकरूपमा परम्परागत वा वंशानुगत राजनीतिक सत्तामा रमाएकाहरू बीपीलाई मानेपनि अनादर गर्छन् । कतिले त निधिलाई मधेशवादी दललाई उचाल्ने गरेको भनी निकृष्ट किसिमको आरोपपनि लगाउन पछि पर्दैनन् । नेपाली काँग्रेसका संस्थापक नेतामध्ये एक तथा काँग्रेसका पूर्व महामन्त्री महेन्द्र नारायण निधिका कान्छो सुपुत्रकारूपमा शारीरिक पहिचान पाउनुभएका विमलेन्द्र निधि भने राजनीतिकरूपमा सधंै एक्लै संघर्ष गर्नुप¥यो । यस लेखको आशय उनको व्यक्तिगत परिचय दिनु नभएर वर्तमान नेपाली राजनीतिक परिवेशमा नेता निधिको राजनीतिक दूरदर्शीता अध्ययनशील भएको कारणले विश्वमै समयसापेक्ष हँुदाहुदैपनि कसरी नेपालमा उनी कसैद्वारा बौद्धिक तथा राजनीतिक समर्थन र स्यावासी पाउँछन् भने कसैद्वारा निन्दित हुन्छन्, लाई उजागर गर्नुछ । नेपालको वर्तमान राजनीतिक परिवेश के–कस्तो हो, उनको राजनीतिक मुद्दा र संघर्षमा के–कस्ता तगाराहरू छन्, ती सबैलाई यस सानो लेखमा नेपालको समस्या समाधानमा उनको रचनात्मक सहयोग पुगोस् र केवल विरोधको लागि विरोध नगरियोस् भन्ने अभिप्रायले यो लेखको आकृति दिइएको छ ।

कथा ‘कदमजम’को
नेपाली काँग्रेस (प्रजातान्त्रिक)मा सभापति शेरबहादुर देउवाको सभापतित्वमा महामन्त्रीको रूपमा कार्यरत्तरहँदा निधिले नेपाली काँग्रेस (प्रजातान्त्रिक)को मूल नारामा कर्णाली (क), दलित (द), महिला (म), जनजाति (ज) र मधेशी (म) लाई स्थापित गरेका थिए, जुन पहिचान र विकासमा आधारित थिए । पछि माओवादीको सशस्त्र द्वन्द्वको नदान गिरिजाबाबुको सफल प्रयासमा हँुदा निधिको कदमजमको नारा नै समग्र काँग्रेसको लागि माओवादी तथा नवउदीय क्षेत्रीय मधेशवादी पार्टीको लागि टिक्न अमृत सावित भयो । यो भन्न करै लाग्छ कि त्यो कदमजम हो, जसको कारणले काँग्रेस एकिकृत भएर गणतन्त्र, समावेशी लोकतन्त्र तथा संघीयतासम्म पुग्यो । तसर्थ, गिरिजाबाबु महेन्द्र नारायण निधिको सुपुत्र भनेर भित्रबाट जति मन नपराएपनि परिवर्तनशील मुुद्दामा जुनियर निधिलाई टुलको रूपमा प्रयोग माओवादी सामु गरेपनि भित्रबाट राहत महसुश गरेको हुनुपर्छ । तर गणतन्त्रको सूत्रधारकर्ता मध्ये एक गिरिजाबाबु भएकोले गर्दा पक्कैपनि आज उनी जिवित रहेको भए पछिल्लो पटक प्रधानमन्त्री बन्न नपाएको झोंकमा मधेशी र भारतप्रतिको एलर्जील काँग्रेसमा कि ‘यु’ टर्न भएर दक्षिणपन्थी धारमा फर्किसकेको हुन्थ्यो वा समयको चापले निधिको संरक्षक देउवा प्लस गिरिजाबाबु हुन्थे होलान् ।

पार्टीभित्रै षड्यन्त्रको सामना गर्दै
महेन्द्र नारायण निधिलाई गणेशमान सिंहले प्रधानमन्त्रीको रूपमा प्रस्तावित गर्दा लोकन्थलीमा लोकेन्द्र बहादुर चन्दको घरमा सो बेलाका काँग्रेस, एमाले, राप्रपा आदिका उपत्यका जिल्ला सभापतिहरूले भेला गरेर ‘यो मर्शियालाई हामी प्रधानमन्त्री मान्न सक्दैनौं । हामी संसदमाथि बन्दूकले आक्रमण गर्छौं’ भन्नेहरूले आज जुनियर निधिलाई काँग्रेसको नयाँ सभापति र प्रधानमन्त्री कहाँ यति सजिलै स्विकार्छन् ? तर आज निधिको पार्टीभित्रैका प्रतिद्वन्द्वीभन्दा पनि शत्रुहरू निधिको भारतलगायत लोकतान्त्रिक देशमा बढिरहेको क्रेजले सक्रिय छन् । निधि गृहमन्त्री छँदा ट्वीटरमा भनिएको भारतीय प्रधानमन्त्रीको टिप्पणीमा ‘नेपालमा ठूलैै परिवर्तन एक–दुई दिनमा हुन सक्छ’ निधिमाथि ज्यानको खत्तरा यो स्तम्भकारलाई एक नम्बरमा भाँप्यो । अवस्था उस्तै पनि थियो, गृहमन्त्रीबाट राजीनामासमेत उनले दिइसकेका ! निधिको विदेशमा क्रेज समस्या समाधानमा चाणक्यको उपाधीले गर्दा हो भने अन्य काँग्रेसीले बाहिरको एजेन्ट काँग्रेसमा रहेर गरेकोबाट हो । निधिमाथि षड्यन्त्र जातको आधारमा मधेशमा उनीविरूद्ध उचालिने केही कुतत्वहरूबाट (जस्तै, स्थानीय निकायको २ नं. प्रदेशको निर्वाचनमा उनको पकेटकै मानिएका जिल्ला सभापतिहरूलाई कसैले उचालिदिएर टिकट वितरण तथा प्रचारप्रसारमा उनीहरू नटेर्नु र उम्मेदवारलाई हराउनु, जसको सोझो असर निधिको पार्टी करिअरसँग सम्बन्धित छ), गणतन्त्र नचाह्ने तत्वहरूबाट र भारतमा सत्ता र प्रतिपक्ष दुईटैमा उनको मिहिनेतले रहेको डायरेक्ट पहँुचबाट नेपालमा अत्तालिएकाहरू तथा उनको पार्टी करिअरमा प्रतिस्पर्धीहरूबाट छन् । उनलाई जानीजानी भ्रष्टाचार सावित गरिदिनु, मधेशवादीसँग मिलेको प्रयास गरिनु आदि यस्ता तिकडमहरू निधिविरूद्ध परिचालित छन् ।

उस्तै खत्तरा ओली प्रवृत्ति तथा राजावादीबाटपनि
निधिलाई नेकपा एमाले समग्रपार्टी तथा राजावादीधारबाट समान राजनीतिक र भौतिक खतरा छन् किनकि यी दुइटै (अ)राजनीतिक शक्ति लोकतन्त्र, समुदाय विशेषको पहिचान र राज्यको अंगमा पूर्ण राजनीतिक समाहिकरणका व्यवहारिकरूपमै विपक्षमा उभेका छन् । निधि यी दुइटै राजनीतिक मुद्दाका पक्षधर हुन् । अर्को कुरा, ओली प्रवृत्ति र राजावादीहरू नेपालमा राजनीतिक शक्तिका परिवर्तन विरोधी हुन् । सन् २००६ मा भएका नेपालका सम्पूर्ण परिवर्तन यीनका लागि अमान्य छन् । हाल राजावादी रेजिड्यूअल पोलिटिकल फोर्सको म्यानिफेस्टेसन वा फेस भ्यालु एमाले हो । एमाले त्यस्तो नेपालको कथित् पार्टी बन्न गएको हो कि न उ कम्युनिस्ट पार्टी हो, न उ काँग्रेस वा परिवर्तन पक्षधर ! नेपाल देशको भविष्यमा एमाले एउटा खग्रास ग्रहण वा नासूर भएर जन्मेको अन्वान्टेड इलेमेन्ट हो । हिन्दी चलचित्र राजामा परेश रावलको डायलग ‘…हम तुम्हे इतना मार मोरेंगे कि न मर्दों में गिन्ती होगी और न हिजडों में भर्ती होगी’को न पुरूष र न हिजडा कहीपनि एमाले होइन ! निर्वाचनको बेला कुनैपनि बहानामा कसैले एमालेको डुबती नैयाँ पार लगाउन अलायन्स बनाउँछन् भने स्वयँ त्यो पार्टी वा व्यक्ति अदूरदर्शी, परिवर्तनविरोधी तथा राजावादी र एन्टी मधेशी हो । यसको भंडाफोर गर्ने निधिलाई यो माखेसाङ्गलाहरू कसरी बाच्न दिनेछन् ?
राजनीतिका यी एमाले र राजावादी तत्वहरू केवल भारतसित सत्ता र शक्तिको बार्गेनिङ्ग गर्छन् जबकि निधि वा काँग्रेस लोकतान्त्रिक सञ्चारको लागि भारतसित सम्बन्ध राख्छन् । अरू सहयोग सित्तैमा आउने भयो । यसले गर्दा भारतको नजिक काँग्रेस वा निधि भएको भन्नु आरोप हो भने सुन्नेहरूपनि सहर्ष स्विकार्नु पर्छ । अमेरिकाको सिभिल राइट्सको मोडेल क्यानाडामा क्यूबेक मुद्दामा शान्ति स्थापनार्थ प्रयोग हुने, फ्रेन्च रिभोल्यूसन संसारमै अपनाइने, चीनको मधेशी अधिकारविहीन केवल पहाडीलाई नेपालमा प्रिभिलेज गर्ने पहाडी बर्चस्वको सत्ता तथा संघीयता क्रस र राजाको कमब्याक नेपालमा लागू हुने तर भारतमा नेपालको हरेक परिवर्तनमा लुक्ने, तेल÷नून÷बेसार खाने, नेपाल लोकतान्त्रिक देशको दुहाई दिने, जीआर राइफल्समा भारतमा जागिर खाने अनि पेन्सन भित्र्याउने आदि तर भारतको लोकतान्त्रिक विधिको प्रयोग नेपालमा किन नहुने ? कि स्वतन्त्र मधेशी–पहाडीको आधा÷आधा सोच र कल्याणकारी मेड–इन–नेपाल मोडेल राजनीतिमा लागू हुुनुप¥यो । तर नेपालमा मेड–इन–चाइना राजनीतिक मोडेल कम्युनिस्ट मोडेल राजनीतिको ल्याएर नेपाली नामक धातुको जलप लगाएर लादियो भने त्यो मधेशीको लागि अमान्य हुनेछ र संघर्षको जुनसुकै तहमा पहाडी त्यस्ता सोचवालाहरू त्था लोकतन्त्र र परिवर्तनको लागि जान तयार छौं । निधि मेरो विचारमा यस्तो धारको प्रतिनिधित्व अहिंसात्मक तवरले गर्नुहुन्छ तसर्थ धेरैको आँखाको कसिंगर हुनुहुन्छ । अतः निधिलाई भारतीय भयो भन्ने आरोप लाग्यो भने आफूलाई लोकतान्त्रिक हो भनेको मान्नुपर्छ जसरी कि देउवालाई सोही उपमा दिन युरोपियन लौबीको भन्छन् । लाज किन मान्ने ?

विशेष मिडियाकर्मीको राडारमा
पित्त पत्रकारीता, कम्युनिस्ट तथा राजावादी परिवर्तन विरोधी पक्षधर, भारतको रअको अधिकृतस्त्तरको तलब खाएर हाल रोजगारविहीन भएका भनिएका केही काँग्रेस प्रतिस्पर्धी नेताका पक्षधर वा विगतमा कम्युनिस्ट ब्याकग्राउन्डबाट काँग्रेसमा प्रवेश गरेर पत्रिका चलाई बसेका काँग्रेसमा स्वघोषित नेता जसलाई आजसम्म निर्वाचनले अनुमोदन गरेको छैन, त्यसताहरू निधिको खोइरो खन्न आतुर मिडियामा देखिन्छन् तर उसको आफ्नो मिडियामा जे सुकै गरून् किनकि ‘कुत्ते भी अपने सेन पर बलवान होता है’ ! तर आश्चर्य छ ती केही पत्रकारलाई जो भारतको नजिक आफूलाई चिनाउँछन् तर निधिलाई सराप्छन्, वास्तवमा नमकहराम ! मधेशी जनताको आवाज निधिले उठाए भने उल्टै कराउने त्यस्ता पत्रकार । म सोध्छुः सुदूर पश्चिमेलीहरू शेरबहादुर देउवा कहाँ जाने, बाहुण–क्षेत्रीहरू आफ्नै नेताकहाँ, नेवारहरू प्रकाशमान सिंह÷भीमसेनदास प्रधान कहाँ जाने, आदिवासी जनजातिहरू केबी गुरूङ्ग, थारूहरू परशुनारायण चौधरी (विजय गच्छेदार) कहाँ, मुसलमानहरू फरमुल्लाह मन्सुर वा अफताब आलम कहाँ, दलितहरू मानबहादुर विश्वकर्मा आदि कहाँ जाने भने मधेशीहरू काँग्रेसमा कहाँ जाने ? महन्त ठाकुर वा उपेन्द्र यादब कहाँ ? विमलेन्द्र निधिले काँग्रेसमा करिअर अपलिफ्टमेन्टको लागि मधेशीलाई तिलाञ्जली दिने वा स्वसमुदायलाई बलीदिने ठेक्का लिएका छन् ? बाँकीले सुध्रिनु पर्दैन ? कतिजना पहाडीया नेताले मधेशीको नाम विभिन्न राजनीतिक नियुक्तिमा मधेशीको नाम विमलेन्द्रले नबोल्दै मनोनित गरेका छन् ? प्रजातन्त्रवादी प्राध्यापक संघलगायत काँग्रेसको शुभेच्छुक संस्थाहरू विमलेन्द्र र मधेशीको सहयोगविना र विरूद्धमा खडा गरिएका छन् र ? तसर्थ, अन्य ले जे गरेपनि निधिले हरेक नियुक्तिमा सबै वर्ग र क्षेत्रको साथसाथै मधेशीको उचित प्रतिनिधित्व तथा श्री नवेन्द्र निधिको पनि राजदूत वा कतै भिटो लगाएर सिफारीश गर्नुपर्छ । प्रम शेरबहादुरले पत्निको नाम सभासद्मा सिफारिश गर्न पटकपटक मिल्ने, छोराको राजनीतिक भविष्य सुनिश्चित गर्न मिल्ने, गिरिजाबाबुले सुजाता कोइरालाको नाम सबै सिनियरलाई उछिनेर उपप्रधानमन्त्रीमा माधव नेपालको सरकामा पठाउन मिल्ने, मन्त्री ज्ञानेन्द्र कार्कीले भाई मृगेन्द्र कार्कीमा सिनासको डाइरेक्टरमा सिफारिश गर्न मिल्ने, एनपी साउदले भाई केदार साउदको नाम एआईजीपीमा नियमले नमिले कानूनको फेर समातेर अदालतलाई प्रभावपारी पदलाई वैद्य बनाउन मिल्ने तर विमलेन्द्रले, नवेन्द्र निधि रिटायर्ड क्याम्पस प्रमुख तथा सफल प्राध्यापकलाई, उचित ठाउँमा सिफारिश गर्न नमिल्ने ? के प्रा. निधिको अपराध महेन्द्र नारायण निधिको जेठो सुपुत्र विमलेन्द्रको दाई वा कायस्थ भएर जन्मिनु हो ? प्रप्रासंघका कमाण्डर–ईन–चीफले नैतिकता देखाउनु पर्दैन नियुक्तिको सिफारिशहरूमा ? नेता निधिले लोकलाज त्यहाँ मात्र देखाउने जहाँ सवालकर्ता स्वयँ लोकलाजले भरेका हुन् । नत्र नैतिकताको ठेक्का लिएर स्वयंको समुदायलाई अपमान गर्नुु कहाँको नैतिकता र स्व. महेन्द्र नारायण निधिको कुन जेनेटिक कैरेक्टरको द्योतक हो नेता निधिमा ?

निष्कर्श
शेरबहादुर देउवा र निधिको जोडी टुटाउन आजको समग्र काँग्रेसमा निधिका विरोधी तथा देउवालाई सभापति पचाउन नसकेका तत्वहरू अहोरात्र खटिरहेका छन् । उनीहरूसँग बौद्धिकता र नेपालको समस्या समाधान गर्न उपाय र तार्किक क्षमता छैनन्, केवल निधिको योजनामा प्रतिक्रिया र कलुषित मनसायको टिप्पणी र त्यसैलाई ‘कट–पेस्ट’ नीतिमा रहेका छन् । अध्ययन गर्ने नेता काँग्रेसमा प्रदिप गिरि, निधि र एकाधबाहेक खडेरीको अवस्थामा छ । महेन्द्र नारायण निधिलाई गणेशमान सिंहले प्रधानमन्त्रीको रूपमा प्रस्तावित गर्दा लोकन्थलीमा लोकेन्द्र बहादुर चन्दको घरमा सो बेलाका काँग्रेस, एमाले, राप्रपा आदिका उपत्यका जिल्ला सभापतिहरूले भेला गरेर ‘यो मर्शियालाई हामी प्रधानमन्त्री मान्न सक्दैनौं । हामी संसदमाथि बन्दूकले आक्रमण गर्छौं’ भन्नेहरूले आज जुनियर निधिलाई काँग्रेसको नयाँ सभापति र प्रधानमन्त्री कसरी यति सजिलै स्विकार्छन् ? तर समय बलवान छ, हिजो चिया बेच्ने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भईछाडे भने अमेरिकामा अश्वेत् बाराक ओबामा राष्ट्राध्यक्ष भईछाडे । यो त स्वाभाविक प्रक्रिया हो । रामायणमा सुनको मृग तथा श्री रामकै अनुसार पनि ऋषिका पुत्र सुनकै पनि रामायण अघि नै जन्मिसकेका थिए । अतः श्री निधिले आइपर्ने ह्यूमिलिएसन, अनहेल्दी क्रिटिसिज्महरूलाई छोडेर नेपाललाई विभिन्न वर्ग, क्षेत्र, जात, लिङ्गका नागरिकलाई हक दिलाउन निरन्तर क्रियाशिल भई भोलीको गान्धि, मन्डेला आफूलाई प्रमाणित गरि देशको प्रधानमन्त्री र काँग्रेसको सभापति सोहि योग्यता अनुसार बनेर देखाउनु पर्छ । डा. रामवरण यादब जस्तो रबर स्टाम्प राष्ट्राध्यक्षको ठाउँमा स्वविवेक प्रयोग गर्न सक्ने माहौलको नेतृत्व दिनसक्नु पर्र्छ । कुनै पदमा कुनै समुदाय विशेषको व्यक्तिको नाम उल्लेख गरिएको छैन, ईश्वरको यस प्राकृतिक नियममा जो पनि अभिलाषा र मिहिनेत अनुसारको हकको प्राप्तिको लागि सतत् प्रयास गर्न सक्छ । परिवर्तन प्रकृतिको नियम हो । ईश्वरभन्दा माथि कोही नेपालमा छ वा मृत्युवरण गरेर त्यहाँ जान सक्ने क्षमता राख्छन् भने ईश्वरका बराबरी सन्तान मध्ये खस–आर्य बाहेक म वा हामी कोही मधेशी, महिला, आदिवासी जस्तालाई प्रधानमन्त्री बन्न दिन्नँ वा दिन्नौं भन्न सक्नु प¥यो । जनता सो व्यक्ति वा समुदाय वा राजनीतिक दललाई सोही अनुसार व्यवहार गर्न आतुर छ । वास्तवमा खस–आर्यलाई जसरी कसैले नेपालमा प्रधानमन्त्री लगायत सबै हर्ताकर्ता पदमा रोकेनन्, त्यस्तै उनीहरूपनि केही दशक बाँकीलाई चान्स दिनुपर्छ । नेपालमा राणा र शाहवंश चान्स दिन सक्छन् भने हालकाले किन दिन नसक्ने ? समस्या समाधानको एक महासूत्र यहि हो कि अरूको अस्तित्व व्यवहारिकरूपमै स्विकार्ने । नस्विकार्नेहरू एक्काईंसौं शताब्दिमा कबिला राज्य खोजेर कहाँ टिक्लान् र ?
(लेखक पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत छन्)