२९ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेसले २२ स्थानको उम्मेदवार तय ग-यो, देउवा डडेल्धुरा, पौडेल तनहुँबाट

नेपालब्रिटेन डट कम्
९ कार्तिक २०७४, बिहीबार १३:०१

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ जना नेताहरुको नाम तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई डढेल्धुराबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
सभापति तथा प्रधानमन्त्री देउवाको सभापतित्वमा बसेको समितिको बैठकले मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकाा लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १, महामन्त्री शशांक कोइराला नवलपरासी पूर्वको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
त्यसैगरी उक्त बैठकले नेताहरु विमलेन्द्र निधिलाई धनुषा ३, विजयकुमार गच्छदार सुनसरी ३, गोपालमान श्रेष्ठ स्याङजा २, प्रकाशमान सिंह काठमाडौं १, रमेश रिजाल पर्सा ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, शेखर कोइराला मोरङ ६, महेश आचार्य मोरङ ४, मिनेन्द्र रिजाललाई मोरङ २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसरी उम्मेदवार बन्ने नेताहरुमा सभापति तथा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र नेता गच्छदार २०४८ सालदेखि ०७० सालसम्म भएका तीन संसदीय तथा दुई संविधानसभा सदस्य निर्वाचनमा निरन्तर निर्वाचित हुँदै आएका छन्।
काठमाडौं ५ बाट प्रकाशशरण महत, वारा ३ बाट फरमुल्लाह मन्सुर, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कन्चनपुर २, रमेश लेखक कन्चनपुर ३, नारायण खड्का उदयपुर १, नारायणबहादुर कार्की उदयपुर २, केशव थापा इलाम २, तीर्थ लामा काभ्र १, प्रेमचन्द्र दाहाल सिन्धुली १ र नरेन्द्रजंग थापा सिन्धुली २ बाट उम्मेदवार बन्ने भएका छन्।
अाज नाम टुंगिएका २१ उम्मेदवारमध्ये सिन्धुली २ उम्मेदवार बाहेक बाँकी सबै नेता हालै विघटित व्यवस्थापिका संसदका सदस्य हुन् । बाँकी निर्वाचन क्षेत्रको विषयमा छलफल र टुंगो लगाउन संसदीय समितिको बैठक भोली शुक्रबार बस्ने कांग्रेसका एक नेताले बताए।