१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चितवन सहायता कोष बेल्जियमद्वारा जगतपुरमा निःशुल्क स्वास्थ्य शिविर

नेपालब्रिटेन डट कम्
९ कार्तिक २०७४, बिहीबार १३:४३

भरतपुर । चितवन सहायता कोष वेल्जियमको आयोजना तथा चितवन सहायता समाजको समन्वयमा भरतपुर-२३ जगतपुरमा रहेको पदम आधारभूत विद्यालय प्रांगढमा आज निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीएको छ । भरतपुर अस्पतालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा दुइ सय ६६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जसमा महिला संख्या एक सय ९१ रहेको थियो । शिविरमा स्वास्थ्य परिक्षणका लागि आएकाहरु धेरैले हाडजोर्नी तथा नसाको समस्या लिएर आएको भरतपुर अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. मनोज कँडेलले बताए ।

शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चितवन सहायता कोष वेल्जियमकी सस्थापक अध्यक्ष सिता सापकोटाले स्वास्थ्य सेवालाई सबैको सहज पहुंचमा पु-याउन नसक्नु राज्यको कमजोरी भएके बताइन् । सबैका लागि स्वास्थ्य भन्ने लक्ष्य प्राप्तीका लागि गुणस्तरीय स्वास्थ्य प्रदान गर्न राज्यलाई सहयोग गर्न गैर आवासिय नेपालीहरु त्यार रहेको उनले बताइन् । आवश्यकतालाई प्राथमिकिकरण गर्दै स्वास्थ्य सेवालाई सबैको सहज पंहुचका लागि योजना ल्याउन सके गैरआवासिय नेपालीहरु लगानी गर्न पछि नहट्ने उनले जोड दिइन् । कार्यक्रममा भरतपुर २३ का वडा अध्यक्ष नरिनारायण पौडेलले ग्रामिण क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानिय निकायले पहल गरीरहेको बताए ।निकुन्ज नजिकको वस्ती समेत रहेकाले जनावरको आक्रमण र आतंक रोक्ने कार्यक्रम आवश्यक रहेको औल्याएकाछन् ।

ग्रामिण भेगका महिलाहरु आफ्ना स्वास्थ्य समस्या लुकाउने हुंदा समस्या पहिचान र निदानका लागि स्त्री रोग सम्बन्धी शिविर प्रभावकारी हुने स्त्री रोग विशेषज्ञ डा. हेमनाथ सुवेदीले बताए । शिविरमा डा. नारायणवहादुर गोदार, डा. प्रकाश दर्जी , डा. राजिव श्रेष्ठ, डा. लोकेन्द्र वाटा, डा. रामहरि दाहाल, डाक्टर भक्तदेव श्रेष्ठ डा.जिना अहमद र विदेशी स्वयमसेवी डाक्टर सिन कोइके, लगायत बेलिन्डा नाग्लर,नेलि वाल्टर,सेम यासी,हिजुरु कोइके लगायता स्वास्थ्यकर्मिले परिक्षण गरेकाथिए । शिविरमा आएका मध्य विपन्न ,आदीवासी तथा ज्येष्ठ नागरिकलाई थप उपचारको आवश्यकता अनुसार अस्पताल आउन प्रेरित गर्ने भरतपुर अस्पतालका सामाजिक सेवा इकाई प्रमुख गोपाल पौडेलले बताए ।

क्याट बेल्जियमका उपाध्यक्ष राजु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी उपशाखा जगतपुरका सभापति पदमप्रसाद भुषाल, एनआरएनका आइसिसि सदस्य सरु चापागाई,किसान संघकी केन्द्रिय सदस्य जाल्पा भुषाल,क्याट बेल्जियमका उत्तम कुमार मल्ल, घैलाधारी सामुदायीक वनका अध्यक्ष टंकप्रसाद वास्तोला, वातावरण संरक्षण तटवन्धनका अध्यक्ष विष्णुप्रसाद सापकोटा, चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेल,विद्यालयका प्रधानाध्यापक अञ्जना गौतम,व्यवस्थापन समितीका अध्यक्ष भविश्वर तिवारी लगायतको उपस्थिती रहेको थियो ।

2

3

4

5

6