६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन प्रवक्ता रन्जु थापा सम्मानित

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार १४:५७
सिडनी । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (एनआरएनए) की प्रवक्ता रञ्जु वाग्ले थापालाई अष्ट्रेलियामा सम्मान सहित अभिनन्दन  गरिएको छ ।

नारी निकुन्ज अष्ट्रेलियाले ६ अगष्टका दिन सिड्नीमा आयोजना गरेको तीज कार्यक्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली महिलाहरुलाई एकजुट बनाउन अभियान चलाएको तथा एनआरएन महिलाहरुको हक अधिकारको लागि योगदान दिएको भनी उनलाई अभिनन्दन गरिएको हो । एनआरएनकी संरक्षक इन्द्रा वन र नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक सिर्जना संग्रौलाद्वारा संयुक्त रुपमा थापालाई अभिनन्दन गरिएको थियो ।
एनआरएनकी प्रथम महिला प्रवक्ता रञ्जु गैरआवासीय नेपाली संघको स्थापनाकाल देखिकै एनआरएन अभियन्ता हुन् । एनआरएनको राष्ट्रिय समन्वय समितिमा महिलाहरुको संजालको आवश्यता औंल्याउदै उनकै पहलमा विश्वका विभिन्न देशमा एनआरएनको महिला मञ्च स्थापना भएका छन् । जसको शुरुवात थापाले अष्ट्रेलियाबाट गरेकी थिइन् । २००९ मा थापाको नेतृत्वमा एनआरएन महिला मञ्च (नारी निकुन्ज अष्ट्रेलिया)को स्थापना भएको थियो ।
थापा यस अघि २००९ देखि २०११ सम्म एनआरएनको अन्तराष्ट्रिय समन्वय समितिको महिला उपसंयोजक, २०११ देखि २०१३ सम्म महिला संयोजक रहेकी थिइन भने २०१३ देखि २०१५ सम्म एनआरएन अन्तरष्ट्रिय समन्वय समितिको सचिव पदमा रहेर आफ्नो शशक्त भुमिका निभाईसकेकी छिन् ।
हाल उनी एनआरएनको प्रवक्ता तथा एनआरएनकै मिडिया तथा प्रकाशन समितिकी संयोजक रहेकी छन् ।