१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दुई मुक्तक

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार ०४:३२

आधा खाने आधा थुक्ने कस्तो चलन आयो
नमर्दै नि स्वर्ग जाने कस्ताो चलन आयो
उल्टो पाल्टो हुन्छ भन्थे स्वर्ग यस्तै रैछ
ज्युँदा मान्छे घाटमा लाने कस्तो चलन आयो ।

कहिल्यै तला थपिएन विकासको ढोका उस्तै
प्रविधिको युगमा पनि बुनेको त्यो डोका उस्तै
राणाशासन ,प्रजातन्त्र ,गणतन्त्र केके भयो
जुनै सत्ता आएपनि जनतालाई धोका उस्तै ।